Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

दोस्रो माधवपुर गोल्डकप सुरु, बागमतीका वनमन्त्री कृष्ण सिलवालद्वारा उद्घाटन

दोस्रो माधवपुर गोल्डकप सुरु, बागमतीका वनमन्त्री कृष्ण सिलवालद्वारा उद्घाटन

इच्छाकामना न्युज

११, जेठ २०८२
दोस्रो माधवपुर गोल्डकप सुरु, बागमतीका वनमन्त्री कृष्ण सिलवालद्वारा उद्घाटन
images

रत्ननगर। पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं. १५ माधवपुरमा आजदेखि दोस्रो माधवपुर गोल्डकप फुटबल प्रतियोगिता शुरू भएको छ। माधवपुर खेलकुद विकास समितिको आयोजनामा जेठ १८ गतेसम्म सञ्चालन हुने यो प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद शिलवालले शनिबार एक औपचारिक कार्यक्रमबीच गरेका छन्।

images
images

प्रतियोगिताको उद्घाटन खेलमा हेटौंडा फुटबल एकेडेमी र सूर्यपुर फुटबल क्लबबीच प्रतिस्पर्धा भएको थियो। निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट टुङ्गियो। हेटौंडा फुटबल एकेडेमीले सूर्यपुरलाई ४–३ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुआत गरेको छ। खेलको ‘म्यान अफ द म्याच’ हेटौंडाका अशरफ शेख घोषित भए। भोलि आइतबार आयोजक माधवपुर खेलकुद विकास समिति र सशस्त्र प्रहरी बल (एपीएफ) बीच दोस्रो खेल हुने आयोजकले बताएको छ।

एक्सपर्ट एजुकेशन एन्ड भिजा सर्भिसेज प्रा.लि.को मुख्य प्रायोजनमा आयोजित यो प्रतियोगितामा बागमती पुलिस क्लब हेटौंडा, सशस्त्र प्रहरी बल (एपीएफ), प्याराडाइज युवा क्लब, अभिषेक चर्च रजहर, हेटौंडा फुटबल क्लब, सूर्यपुर फुटबल क्लब, आयोजक टिम र न्यू पञ्चदीप युवा क्लब रत्ननगर–१२ सहभागी छन्। विजेताले २ लाख २२ हजार २२२ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ११ हजार १११ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। यस्तै, म्यान अफ द म्याच, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई विशेष मेडल प्रदान गरिने आयोजक समितिका अध्यक्ष गणेश तामाङले जानकारी दिए।

उद्घाटन समारोहमा जिल्ला समन्वय समिति चितवनका अध्यक्ष नारायण अधिकारी, वडा नं. १३ का वडाध्यक्ष पोटबहादुर घिमिरे, वडा नं. १६ का वडाध्यक्ष हेमराज थापा, वडा नं. १५ का वडाध्यक्ष आशिक तामाङलगायत खेलप्रेमीको बाक्लो उपस्थिति थियो। कार्यक्रमको सभापतित्व गणेश तामाङले गरेका थिए भने संयोजक भीमराज वाइबाले स्वागत मन्तव्य राखेका थिए।

images
प्रकाशित मिति :जेठ ११, २०८२ आइतवार - ००:००:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology