Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

प्रदेश सरकार गठन भएको ३ वर्षः निर्णय कार्यान्वयनमा समस्या

प्रदेश सरकार गठन भएको ३ वर्षः निर्णय कार्यान्वयनमा समस्या

images

इच्छाकामना न्युज

१५, फाल्गुण २०७७
प्रदेश सरकार गठन भएको ३ वर्षः निर्णय कार्यान्वयनमा समस्या
images

विनोद शर्मा, काठमाडौँ, १५ फागुन । प्रदेश सरकार स्थापना भएको ३ वर्ष पूरा भए पनि प्रदेशका निर्णय कार्यान्वयनको अवस्था भने सन्तोषजनक देखिदैन । सातै प्रदेश सरकारले नागरिकको मन जित्ने गरी पहिलो निर्णय गरे पनि कार्यान्वयन गर्न सकेका छैनन् । 
प्रदेश १ मन्त्रिपरिषदको पहिलो बैठकले ११ जिल्लाका १२ सहिदभूमिमा नमूना बस्ती बसाउने निर्णय गर्दा नागरिक उत्साहित थिए । प्रदेश १ को भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको आवास भवन तथा शहरी विकास महाशाखा प्रमुख चुडाराज ढकालले सरकारको निर्णयका आधारमा चालु आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा उल्लेख गरी बजेट व्यवस्थापन गरेपनि काम भने अझैँ नसकिएको बताउनुभयो । 
प्रदेश २ सरकारले मधेस आन्दोलनका सहिद परिवारका एक सदस्यलाई रोजगारी दिने र घाइते भएकाको उपचार खर्च अनि क्षतिपूर्ति दिने पहिलो निर्णय गरेको थियो । ५२ सहिद परिवारमध्ये २७ जनाले रोजगारी पाइसकेको आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवको भनाइ छ । 
गण्डकी प्रदेशले भने पाँच वर्षभित्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउने निर्णयलाई प्रतिष्ठाका रूपमा लिएको थियो । भौतिक पूर्वाधार तथा विकास मन्त्रालयका प्रवक्ता हरिदत्त पौडेलले निर्णय भएको ३ वर्ष बितिसक्दा पनि जग्गाको व्यवस्थापन भइनसकेको बताउनुभयो । 
कर्णाली प्रदेश सरकारको पहिलो बैठकले भूउपयोग नीति बनाउने महत्वाकांक्षी निर्णय गरेको थियो । यसवर्ष मात्रै भूउपयोग नीति र गुरुयोजना निर्माणको प्रक्रिया सुरु भएको सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला के.सीले बताउनुभयो ।

images
प्रकाशित मिति :फाल्गुण १५, २०७७ शनिवार - ०९:२६:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology