Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

हराए पुतली, देखिन छाडे जुनकिरी

हराए पुतली, देखिन छाडे जुनकिरी

पत्रपत्रिका

२०, बैशाख २०८२
हराए पुतली, देखिन छाडे जुनकिरी
images

चितवन  । भरतपुर महानगरपालिका–८, गौरीगन्जकी ९४ वर्षीय इन्दिरा घिमिरेलाई जुनकिरीको उज्यालोमा हिँडेको अझै सम्झना ताजा छ । नुवाकोट गेर्खुमा जन्मिएकी उहाँले मेलापात, गाउँबेँसी गर्दा जुनेली 

images
images

उज्यालोमा हिँडेको, औँसीको अध्यारोमा जुनकिरीको उज्यालोमा हिँडेर काम गरेको अनुभव अचेल नातिपनातीलाई सुनाउनुहुन्छ । 

तर उहाँले जुनकिरी यस्तो हुन्छ भनेर पनातीलाई चिनाउन पाउनुभएको छैन । उहाँ भन्नुहुन्छ, “हामी सानो उमेरमा हुँदा अनुभव गरेको, देखेको चिज अहिले देखा पर्न छाडेका छन् । चितवन आएपछि पनि जुनकिरी, पुतली, खपटे किरा धेरै देखियो तर अहिले देख्नै पाइँदैन ।” सात वटी छोरी र एउटा छोराकी आमा घिमिरेले पनातीलाई जुनकिरी भनेको यस्तो हुन्छ भनेर देखाउन खोज्नुभएको दुई÷चार वर्ष भयो तर देख्न/देखाउन पाउनुभएको छैन । 

उहाँ मात्र होइन गाउँघरका अरूले पनि अचेल जुनकिरी, झ्याउँकिरी, भमरा, खपटेकिरा, कान्छीकिरा, वन झिँगा, पुतलीलगायतका किराजन्य वस्तु देखिन छाडेका छन् । सहरबजार र सहरउन्मुख गाउँबाट पुतली, जुनकिरी जस्ता किरा हराइसकेको विज्ञको दाबी छ । 

कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनका कीटशास्त्रविज्ञ सुन्दर तिवारीले भन्नुभयो, “जुनकिरी, जातका पुतली देख्नलाई गुगल सर्च गर्नुपर्ने अवस्था आएको छ, हाम्रो वरपर देखिन छाडिसकेका छन् ।” किरासम्बन्धी अध्ययन अनुसन्धान गर्दै आएका तिवारीले भन्नुभयो, “यस्ता किरा मासिनुको पहिलो कारण बालीनालीमा हुने विषादीको उच्च प्रयोग हो ।” हेर्दा सामान्य लाग्ला तर प्रकृतिमा पाइने यस्ता किरा हराउँदै जाँदा मानिसको स्वास्थ्य, वातावरण र सिङ्गो पारिस्थितिकीय प्रणालीमा असर पर्दछ । अहिले सहरबजार ग्रामीण क्षेत्रमा समेत प्रकृतिमा पाइने किराजन्य वस्तु भेटिन छाडेका छन्  । 

यस्ता किरा मासिँदा शत्रुकिराको सङ्ख्या वृद्धि हुँदा मानिसको जीवनशैलीमा नै नकारात्मक प्रभाव पार्छ । उहाँका अनुसार नेपालमा गत वर्ष मात्रै ११ सय ८४ मेट्रिक टन विषादी नेपाल भित्रिएको थियो । जसमा एक अर्ब ६४ करोड रुपियाँ खर्च भएको सरकारी तथ्याङ्क छ । विषादी प्रयोग र नेपाली रुपियाँ बिदेसिदा यहाँ भने प्राकृतिक स्रोत नासिँदै गएको उहाँले बताउनुभयो । 

प्रकृतिमा पाइने वातावरण, बाली, मानिसको जीवनमा सकारात्मक भूमिका खेलेका किरा मासिनाले खाद्य चव्रmमा समेत प्रभाव पर्ने उहाँले बताउनुभयो । अहिले शङ्खेकिराले लगाएको बाली नाश गरेर उत्पादनमा हस आएको छ । विषादीको उच्च प्रयोग भइराखेको छ । किरालाई खाइदिने पुलती, जुनकिरी जस्ता किरा मासिँदा शत्रुकिराको प्रकोप बढ्छ । जसले गर्दा खाद्य प्रणालीमा नकारात्मक प्रभाव पर्छ । 

मित्रजीवले शङ्खेकिराको अन्डा खाइदिने गर्थेे । अहिले जुनकिरी, पुतली मासिँदै जाँदा शङ्खेकिरा वृद्धि भएको छ । जसले गर्दा किसानले लगाएको बाली मासिँदै गएको छ । शङ्खेकिरा मार्न विषादीको प्रयोग हुन थालेको छ तर यही प्रकृतिमा भएको जुनकिरी भएको भए त्यसैले शङ्खेको अन्डा खाएर किसानको बाली जोगाइदिने विज्ञ तिवारीले भन्नुभयो । 

मित्रुकिरा हराउनुको अर्को कारण झिलिमिली लिड लाइट, धेरै प्रकाश आउने, रङ्गीचङ्गी बत्ती आदि  हुन् । यस्ता बत्ती सहरबजारमा धेरै प्रयोग हुन थालेका छन् । अहिले ग्रामीण क्षेत्रमा पनि यस्ता बत्तीको प्रयोगले मित्रुकिरा हराउँदै जाने र शत्रुकिराको सङ्ख्या वृद्धि हुँदै जाँदा मानव, प्रकृति, वातावरणमा प्रत्यक्ष असर परेको विज्ञ तिवारीले बताउनुभयो । 

मित्रुकिराको संरक्षणमा कृषि तथा वनविज्ञान विश्व विद्यालय रामपुर क्याम्पसले अनुसन्धान गर्ने, अध्यापन गराउने र किरा संरक्षणको काम गर्दै आएको छ । विश्वविद्यालयले फौजी किरा, बारुला पाल्दै आएको जानकारी दिनुभयो । मित्रुकिरा संरक्षणले शुत्रकिरा मार्ने काम गरेकाले जनस्तरमा चेतनाको विकास गर्नु पर्छ । 

कृषि विकास कार्यालय चितवनका सूचना अधिकारी सुरुचि त्रिपाठीले पाठशाला कार्यव्रmममार्फत शत्रु र मित्रुकिराको महìव विषयमा सचेतनाका कार्यक्रम सञ्चान गर्दै आएको जानकारी दिनुभयो । विद्यालयमा अध्यापन गराउने, किसानमार्फत जानकारी गराउने, विषादी कम प्रयोग गर्न सिकाउने, मिति नाघेका, अति खतरा खालका विषादी प्रयोग गर्न रोक लगाउने, विषादी बिक्री पसलमा नियमित अनुगमन गर्ने काम गर्दै आएको बताउनुभयो । 

कार्यालयले गरेको अध्ययनमा मित्रुकिरामध्ये परागसेचन गराउन मद्दत गर्ने किरा सबैभन्दा धेरै मासिन थालेका छन् । यसको संरक्षणमा कार्यालयले काम गर्दै आएको उहाँले बताउनुभयो । सूचना अधिकारी त्रिपाठीले भमरा, आँपलाई परागसेचन गराउन मद्दत गर्ने साना झिँगा, कान्छीकिरा, झिमझिम किरा, पुतली, खपटेकिरालगायतका किरा अहिले धेरै जोखिममा रहेको जानकारी दिनुभयो । यसका लागि किसान, विद्यार्थी, सर्वसाधारणलाई जानकारी गराउने गरेको बताउनुभयो । सबैै पक्षको सहयोग र साथको आवश्यकता रहने उहाँको भनाइ छ ।  गोर्खापत्रबाट

images
प्रकाशित मिति :बैशाख २०, २०८२ शनिवार - ०८:४५:४९ बजे

पत्रपत्रिका

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology