Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कैलालीबाट एक किशोरीसहित ४ जना पक्राउ, खैरो हेरोइन बरामद

कैलालीबाट एक किशोरीसहित ४ जना पक्राउ, खैरो हेरोइन बरामद

इच्छाकामना न्युज

२५, चैत्र २०८१
कैलालीबाट एक किशोरीसहित ४ जना पक्राउ, खैरो हेरोइन बरामद
images

काठमाडौँ । कैलाली प्रहरीले एक किशोरीसहित ४ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट लागु औषध खैरो हेरोइन फेला परेसँगै धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चटकपुरस्थित एक होटलबाट प्रहरीले पक्राउ गरेको हो । 

images
images

लागु औषध कारोबार भइहरेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान समूह र अस्थायी प्रहरी पोस्ट चटकपुरबाट खटिएको  संयुक्त प्रहरी टोलीले उनीहरूको साथबाट ३ ग्राम ७६० मिलिग्राम खैरो हेरोइन बरामद गरेको प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । 

उनका अनुसार पक्राउ पर्नेमा कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्बर ८ बस्ने बर्ष २०  का सुरेश बिष्ट, भिमदत्त नगरपालिका वडा नम्बर १० बस्ने बर्ष २३ का लोकेन्द्र चन्द, डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ८ बस्ने बर्ष १९ का रिजन कठायत र कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मिलन चोक बस्ने बर्ष १८ की किशोरी आशिका सिजापती रहेका छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

images
प्रकाशित मिति :चैत्र २५, २०८१ मंगलवार - १०:११:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology