Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गोरखाको भच्चेकमा तीन दिने निःशुल्क आँखा शिविर, पहिलो दिनमै १३८ ले जचाए आँखा

गोरखाको भच्चेकमा तीन दिने निःशुल्क आँखा शिविर, पहिलो दिनमै १३८ ले जचाए आँखा

इच्छाकामना न्युज

५, चैत्र २०८१
गोरखाको भच्चेकमा तीन दिने निःशुल्क आँखा शिविर, पहिलो दिनमै १३८ ले जचाए आँखा
images

गोरखा । अजिरकोट गाउँपालिका वडा नं.३ स्थित भच्चेक आधारभूत अस्पतालमा मङ्गलबारदेखि निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । तीन दिनसम्म चल्ने शिविरमा मङ्गलबार पहिलो दिनमात्रै ६५ महिलासहित १३८ जनाले बहिरङ्ग सेवा लिएका छन् । पहिलो दिनको शिविरमा आँखा जाँच गराएकामध्ये २९ जनाको आँखा जाँचपछि शल्यक्रिया गरिएको शिविरका संयोजक धनबहादुर गुरूङले जानकारी दिए ।

पहिलो दिन नै विगत चार वर्षदेखि दृष्टि गुमाएकी अजिरकोट–५, मुच्चोक साउनेपानीकी ९० वर्षीय सुकमाया सुनारको आँखासमेत शल्यक्रिया गरिएको उनले बताए । मुटु फाउण्डेशन, काठमाडौँ र मनोज एसोसिएसन फ्रान्सको प्रायोजन र नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाडौँको प्राविधिक सहयोगमा अजिरकोट गाउँपालिकाले आँखा शिविर आयोजना गरेको हो ।

चैत ७ गतेसम्म सञ्चालन हुने शिविरमार्फत् नेपाल आँखा अस्पतालका त्रिपुरेश्वरका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा किरण शाक्यको समूहले सेवा दिइरहेको छ । अजिरकोट गाउँपालिकाका स्थानीय लक्षित कार्यक्रममा आँखा पाकेको, रातो भएको मोतियाविन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया र निःशुल्क औषधि वितरण गरिएको शिविरका संयोजक गुरूङले जानकारी दिए ।

शल्यक्रिया गरेका बिरामीलाई जाउलो र चियापानसहित बसोबासको लागि समेत निःशुल्क व्यवस्थापन गरिएको उनले बताए । शल्यक्रिया गरेपछि धुलो, धुवाँबाट आँखालाई सुरक्षित राख्नको लागि कालो चस्मासमेत निःशुल्क प्रदान गरिएको उनले बताए ।  

images
images

images
प्रकाशित मिति :चैत्र ५, २०८१ बुधवार - ०८:२०:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology