Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तनहुँमा भुमि सम्वन्धि समस्या समाधान आयोगको पदस्थापन

तनहुँमा भुमि सम्वन्धि समस्या समाधान आयोगको पदस्थापन

बि.बि. श्रेष्ठ

१०, फाल्गुण २०७७
तनहुँमा भुमि सम्वन्धि समस्या समाधान आयोगको पदस्थापन
images

तनहुँ, १० फागुन । तनहुँमा भुमि सम्वन्धि समस्या समाधान आयोग जिल्ला समितीको पदस्थापन भएको छ । भुमि सम्वन्धि समस्या समाधान आयोगका केन्द्रिय सदस्य एक वहादुर रानाको अध्यक्षतामा सम्पन्न भएको पदस्थापन कार्यक्रमको स्वागत जिल्ला समन्वय समितीका सभापति शान्तिरमण वाग्लेले गर्नुभएको थियो । 
आयोगका जिल्ला समितीका अध्यक्ष दधिराज सुवेदी, विज्ञ सदस्य दिर्घ दरै र सदस्य शान्ति कुवँरलाई राष्ट्रिय सभा सदस्य सदस्य भगवती न्यौपानेले टिका र खाँदा लगाएर पदस्थापन गराउनुभएको थियो । कार्यक्रमका प्रमुख अतिथी भगवती न्यौपानेले नयाँ कार्यसमितीले भुमि सम्वन्धि समस्या समाधानको मुल मन्त्रलाई आत्मासात गरेर काम गर्न आग्रह गर्नुभयो । जनताको आशा र भरोसा सँग जोडिएको भुमि समस्यालाई निष्पक्ष रुपमा काम गरेर जनचाहना पुरा गर्नुहोस, प्रमुख अतिथी न्यौपानेले भन्नुभयो । 
कार्यक्रममा सम्वोधन गर्दे नेकपा जिल्ला कमिटीको अध्यक्ष केदार सिग्देलले भुमि समस्या समाधानमा सरकारले ल्याएको निति वमोजिम तोकिएको जिम्मेवारी पुरा गर्न आयोग सक्षम हुनुपर्ने वताउनुभयो । संविधानले नै कुनै पनि नेपाली जनता भुमिहिन तथा सुकुम्वासी हुन नपरोस भनेर व्यवस्था गरेको हुदाँ यो आयोगको मुख्य अभिभारा त्यसमा नै केन्द्रित हुनुपर्ने वताउनुभयो ।  यो आयोग सफल हुन सम्पुर्ण राजनैतिक दल र पक्षहरुवाट सहयोग हुनुपर्ने पनि वहाँले वताउनुभयो । 
यसैगरि नेपाली काग्रेस तनहुँका कावा सभापति जितप्रकाश आलेले आफनो पार्टीवाट यो आयोगलाई पुर्ण सहयोग हुने वताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सागर आचार्य, जसपाका जिल्ला  नेता कृष्ण घिमिरे, प्रहरी प्रमुख अरुण पौडेल लगायतको व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । 
पदभार ग्रहण गर्दे भुमि सम्वन्धि समस्या समाधान आयोग तनहुँका अध्यक्ष दधिराज सुवेदीले समयमा नै जिम्मेवारी पुरा गर्ने गरि काम गर्ने वताउनुभयो । सवैको साथ रहने आशा गर्दे आयोगको मुल मर्म अनुरुप काम गर्नेछु, अध्यक्ष सुवेदीले भन्नुभयो । यसैगरि आयोगका केन्द्रिय सदस्य एक वहादुर रानाले पक्ष विपक्षमा हैन,मुल मान्यतामा रहेर जिम्मेवारी वहन गर्न आग्रह गर्नुभयो । 

images
images

images
प्रकाशित मिति :फाल्गुण १०, २०७७ सोमवार - २०:३२:३७ बजे

बि.बि. श्रेष्ठ

लेखक बि. बि. श्रेष्ठ इच्छाकामना न्युजका लागि राजनैतिक विषयमा लेखहरु लेख्नुहुन्छ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology