Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बैतडीको सुर्नया गाउँपालिका पुराना रिती सस्कृतिको संरक्षण अभियानमा 

बैतडीको सुर्नया गाउँपालिका पुराना रिती सस्कृतिको संरक्षण अभियानमा 

इच्छाकामना न्युज

९, फाल्गुण २०७७
बैतडीको सुर्नया गाउँपालिका पुराना रिती सस्कृतिको संरक्षण अभियानमा 
images

डम्बरबाबु बोहरा, बैतडी, ७ फागुन । बैतडीको सुर्नया गाउँपालिका पुराना रिती सस्कृतिको संरक्षणमा जुटेको छ । हराएउदै गएका फाग, सगुन अठेवाली लगायतका स्थानिय रिती, संस्कृति  संरक्षणका लागि गाउँपालिकाले विशेष कार्यक्रम नै सञ्चालन गरेको छ । 
सुर्नया गाउँपालिका‍की पशुपति कुवँरलाई अहिलेको पुस्ताले आफ्नो रितीसस्कृतिका बारेमा चासो नदिदाँ हराउने पो हो की भनेर चिन्ता लाग्छ । त्यै भएर अहिले गाउँपालिकाले फाग, सगुन अठेवाली लगायतका सस्कृतीको संरक्षणका लागि चेतनामूलक कार्यक्रम सञ्चालन गरेकोमा उहाँ खुसी हुनुहुन्छ । सुदूरपश्चिममा देउडा, फाग, सगुन गाउने गरिन्छ । 
सबै उमेर समुहका महिलाहरू यी गीत गाउन सहभागी हुन्छन् । नयाँ पुस्तालाई परम्परागत भाका सिकाउन र जानकारी दिनका लागि सुर्नया गाउँपालिकाले आठवटै वडामा प्रशिक्षण चलाइरहेको    छ ।पुरना सस्कृतीका बारेमा जानकारहरूलाई गाउँपालिकाले पारिश्रमिक दिएर  प्रशिक्षकको रुपमा खटाएको छ । प्रत्येक वडाबाट प्रशिक्षकहरु छनौट गरेपछि प्रशिक्षण सुरु गरिएको बताउनुहुन्छ गाउँपालिका उपाध्यक्ष लिला बिष्ट । 
प्रत्येक वडामा स्थानिय रिती सस्कृतीका बारेमा जानकारी दिइएपछि नागरिकहरू पनि खुसी खुसी भएका छन् । दुई दिने प्रशिक्षण कार्यक्रममा गरी सबै वडाका नागरिकलाई सहभागिता गराउने योजना गाउँपालिकाको छ । 

images
images

images
प्रकाशित मिति :फाल्गुण ९, २०७७ आइतवार - १७:५७:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology