पोखरा । गण्डकी प्रदेश सरकार आजदेखि स्थापनाको सातौँ वर्ष पूरा गरी आठौँ वर्ष प्रवेश गरेको छ । यो अवसरमा आज गण्डकी प्रदेशभर सार्वजनिक विदा दिईएको छ भने विभिन्न कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाउदैछ ।
यसैबिच गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकार स्थापनाको अवसरमा शुभकामना सन्देश जारी गर्दै संघीयता कार्यान्वयनसँगै प्रदेशले सुशासन, सम्मुन्नती र सामाजिक न्यायलाई आत्मसात गर्दै दिगो विकासको लक्ष्यमा अघि बढ्दै आएको बताएको छ ।
साथै प्रदेश सरकारले स्थापनाकाल देखि नीतिगत, कानूनी र संस्थागत पक्षहरूलाई स्थापित गरी आफूलाई परिपक्व बनाउँदै लगेको उनको दाबी छ ।
गण्डकी प्रदेश सरकारले लिएको “आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशवासी” को संकल्प पुरा गर्न सरकार कटिबद्ध रहेको पनि उनले बताए ।
