Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

अवैध लागुऔषध सहित चितवनबाट २ जना पक्राउ

अवैध लागुऔषध सहित चितवनबाट २ जना पक्राउ

इच्छाकामना न्युज

८, फाल्गुण २०७७
अवैध लागुऔषध सहित चितवनबाट २ जना पक्राउ

चितवन,८ फागुन । चितवन प्रहरीले जिल्लाको विभिन्न स्थानबाट अवैध लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीको विशेष टोलीले गएको फागुन ५ गते बिहान ११ बजे भरतपुर महानगरपालिका वडा नंम्बर १७ स्थित गाँजीपुरबाट लागूऔषध (खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ) २ ग्राम ८७० मिलिग्राम सहित सोही ठाउँ बस्ने बर्ष २७ को धिरज लामा र फागुन ६ गते दिउँसो ३ बजे भरतपुर महानगरपालिका वडा नंम्बर १० ज्ञानदर्शन चोकबाट भरतपुर १७ बस्ने बर्ष ३० का गोबिन्द राउतलाइ अवैध लागूऔषध सहित पक्राउ गरेको हो ।
पक्राउ परेका राउतको साथबाट प्रहरीले लागूऔषध (खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ( १ ग्राम ५७ मिलिग्राम बरामद गरिएको छ ।
पक्राउ परेका दुवैलाइ सम्मानित चितवन जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान गर्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

images

images
प्रकाशित मिति :फाल्गुण ८, २०७७ शनिवार - १९:१८:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology