Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

मुक्तिनाथ विकास बैंकको ‘मुक्तिनाथ एनिभर्सरी बोनान्जा’ योजना सार्वजनिक

मुक्तिनाथ विकास बैंकको ‘मुक्तिनाथ एनिभर्सरी बोनान्जा’ योजना सार्वजनिक

इच्छाकामना न्युज

२३, पौष २०८१
मुक्तिनाथ विकास बैंकको ‘मुक्तिनाथ एनिभर्सरी बोनान्जा’ योजना सार्वजनिक
images

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले ‘मुक्तिनाथ एनिभर्सरी बोनान्जा’ योजना सार्वजनिक गरेको छ ।

images
images

१९औं वर्ष प्रवेश गरेको अवसरमा ग्राहकलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न उक्त योजना सार्वजनिक गरिएको बैंकले जनाएको छ ।

पहिलो योजना अनुसार बैंकको मोबाइल बैंकिङमा भएको कनेक्ट आईपीएस मार्फत रकम ट्रान्सफर गर्ने ग्राहकमध्येबाट २ जना ग्राहकलाई लक्की–ड्र मार्फत मोबाइल फोन प्रदान गरिने छ ।

यसैगरी एक सय रुपैयाँ वा सो भन्दा बढीको टपअप तथा डेटा प्याक लिने दैनिक १९ जना ग्राहकले लक्की–ड्र मार्फत १०० रुपैयाँको टपअप प्राप्त गर्नेछन् । यो योजना १९ पुसदेखि १९ माघसम्म लागु हुनेछ ।

दोस्रो योजना अनुसार बिजुलीको बिल भुक्तानी गर्ने ग्राहकलाई लक्षित रहेको छ । यस योजनामा बैंकको मोबाइल बैंकिङ मार्फत बिजुलीको बिल भुक्तानी गर्ने १ जना ग्राहकले लक्की–ड्र मार्फत बिल भुक्तानी रकम वा अधिकतम १० हजार १२५ रुपैयाँसम्म प्राप्त गर्न सक्नेछन् ।

तेस्रो योजना अनुसार बैंकको क्यूआर मर्चेन्ट भई कुनै पनि कारोबार क्यूआर मार्फत प्राप्त नगरेका मर्चेन्टले यस अवधिमा कारोबार संख्या ३ र २ सय रुपैयाँसम्मको कारोबार रकम क्यूआर मार्फत प्राप्त गरेमा ५ जना मर्चेन्टले लक्की–ड्र मार्फत स्मार्ट वाच प्राप्त गर्नेछन् ।

त्यसैगरी भारतीय पर्यटकबाट क्यूआर मर्चेन्टमा २ सय रुपैयाँसम्मको रकम क्यूआर मार्फत प्राप्त गरेमा ५ जना मर्चेन्टले लक्की–ड्र मार्फत स्मार्ट वाच प्राप्त गर्नेछन् । यो योजना १९ पुसदेखि २५ पुससम्म लागु हुनेछ ।

मोबाइल बैंकिङ मार्फत अन्य बैंकमा रकम ट्रान्सफर गर्ने दैनिक १ जनालाई लक्की–ड्र मार्फत एक हजार रुपैयाँ क्यासब्याक प्रदान गरिने बैंकले जनाएको छ ।

साथै क्यूआर मार्फत बिल भुक्तानी गर्ने ग्राहकमध्येबाट दैनिक २ जनालाई लक्की–ड्र मार्फत ५ सय रुपैयाँका दरले क्यासब्याक प्रदान गरिने छ । यो योजना १९ पुसदेखि २५ पुससम्मका लागि लागु हुनेछ ।

images
प्रकाशित मिति :पौष २३, २०८१ मंगलवार - १६:४९:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology