Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवनमा बन्दा र काउलीमा नयाँ रोग देखा , परीक्षणका लागि दोस्रोपटक नमूना पठाइयो

चितवनमा बन्दा र काउलीमा नयाँ रोग देखा , परीक्षणका लागि दोस्रोपटक नमूना पठाइयो

रासस

२२, पौष २०८१
चितवनमा  बन्दा र काउलीमा नयाँ रोग देखा , परीक्षणका लागि दोस्रोपटक नमूना पठाइयो
images

चितवन । जिल्लामा लगाइएको काउली र बन्दामा नयाँ रोग देखिएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार पात कुहिने, फल ठूलो नहुने र पात डढ्ने र तन्कने गरेको छ ।

कार्यालयका बाली संरक्षण अधिकृत गीता केसीका अनुसार पुसको पहिलो सातादेखि राप्ती नगरपालिका–५ र ८ मा यो रोग देखिएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “रोग देखिएको जानकारी आएपछि पहिलो पटक नमुना परीक्षणका लागि पठाइएकामा रोग पुष्टि नभएकाले दोस्रो पटक पुनःपरीक्षणका लागि पठाएका छौँ ।” कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको प्रयोगशालामा परीक्षणका लागि पठाइएको उहाँले बताउनुभयो । दोस्रो पटक नमूना पठाउँदा ढुसी हो की भन्ने आए पनि हालसम्म रोग पत्ता लाग्न नसकेको उहाँले जानकारी दिनुभयो ।

कार्यालय प्रमुख झलकनाथ कँडेलले रोगको नमुना प्रयोगशालामा पठाइएको भएपनि रोग पुष्टि हुन समय लाग्दा किसान चिन्तित भएको बताउनुभयो । रासस

images
images

images
प्रकाशित मिति :पौष २२, २०८१ सोमवार - ०७:४२:५१ बजे
सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology