Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

गोरखाको शहिद लखन गाउँपालिकाले उत्कृष्ट किसानहरुको घोषणा गरि पुरस्कृत ग¥यो

गोरखाको शहिद लखन गाउँपालिकाले उत्कृष्ट किसानहरुको घोषणा गरि पुरस्कृत ग¥यो

images

इच्छाकामना न्युज

३, फाल्गुण २०७७
गोरखाको शहिद लखन गाउँपालिकाले उत्कृष्ट किसानहरुको घोषणा गरि पुरस्कृत ग¥यो
images

घैरुङ, ३ फागुन । गोरखाको शहिद लखन गाउँपालिकाले गाउँपालिका भित्रका उत्कृष्ट किसानहरुको घोषणा गरि पुरस्कृत गरेको छ। गाउँपालिकाले कृषि बाली र  पशुपालन तर्फ २ वटा विद्यामा वडास्तरमै उत्कृष्ट कृषक छनौट गरि घोषणा गरि पुरस्कृत गरेको हो।
जस अनुसार कृषिबाली तर्फ वडा नं. १ का दिल्ली कुमार न्यौपाने, वडा नं. २ का कमल थापा, वडा नं. ३ का सोम बहादुर गुरुङ, वडा नं. ४ का माधव खनाल, वडा नं. ५ का तुल बहादुर थापा, वडा नं. ६ का मानसिं राना, वडा नं. ७ का रविन थापा मगर, वडा नं. ८ का कुमार बाबु श्रेष्ठ र वडा नं. ९ का जयदेवी पाण्डेलाई उत्कृष्ट कृषक घोषणा गरि पुरस्कृत गरिएको छ। उनीहरुलाई जनही ९ हजार रुपैयाँ नगद र सम्मानपत्रले पुरस्कृत गरिएको छ। साथै कृषिबालीतर्फ पुरस्कृत किसानहरु मध्य वडा नं. ४ का माधव खनाललाई सर्वोत्कृष्ट किसान (कृषिबालीतर्फ) घोषणा गरी नगद ११ हजार ५ सय रुपैया र सम्मानपत्रले पुरस्कृत गरिएको छ। कृषक खनालले २२ रोपनी क्षेत्रफलमा केराखेती गर्दै आउनुभएका खनालले साढे ९ लाख रुपैयाँ वार्षिक आम्दानी गर्ने गरेको कृषिा शाखा प्रमुख ऋषि रोकाले जानकारी दिनुभयो। 
यसैगरी पशुपालनतर्फ उत्कृष्ट किसानका रुपमा वडा नं. १ का राम बहादुर भुजेल, वडा नं. २ का होम बहादुर राना, वडा नं. ३ का कुमानसिं मगर, वडा नं. ४ का जित बहादुर प्रजा, वडा नं. ५ का रेशम राना मगर, वडा नं. ६ का भोज बहादुर थापा, वडा नं. ७ का कुमार राना, वडा नं. ८ का बिमल रम्तेल र वडा नं. ९ का प्रकाश लामिछानेलाई घोषणा गरी पुरस्कृत गरिएको छ। उनीहरुले पनि जनही 
९ हजार रुपैयाँ नगद र सम्मानपत्र पाएका छन्। साथै पशुपालन तर्फ वडा नं. ३ का कुमानसिंह मगर सर्वोत्कृष्ट किसान घोषित भएका छन्। उनले नगद ११ हजार ५ सय रुपैयाँ र सम्मानपत्र पाएका छन्। व्यावसायीक रुपमा भैसीपालन गरिरहेका मगरको गोठमा अहिले २३ वटा भैसी रहेको वार्षिक २९ लाख रुपैयाँ कमाई गर्ने गरेको पशु सेवा शाखाका प्रमुख ऋषिराम मरहठ्ठाले जानकारी दिनुभयो।
गाउँपालिकाले आईतबार १४४ औं प्रथम लखन थापा मगर स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा किसानहरुलाई सम्मान गरेको हो।

images
प्रकाशित मिति :फाल्गुण ३, २०७७ सोमवार - १०:१६:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology