Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

भानुको कर्मदा माविमा पढ्दै कमाउँदै : विद्यार्थी आलुखेतीमा रमाउँदै

भानुको कर्मदा माविमा पढ्दै कमाउँदै : विद्यार्थी आलुखेतीमा रमाउँदै

इच्छाकामना न्युज

११, मंसिर २०८१
भानुको कर्मदा माविमा पढ्दै कमाउँदै : विद्यार्थी आलुखेतीमा रमाउँदै
images

तनहुँ —भानु नगरपालिका–९ बाइसजाँगरस्थित कर्मदा माध्यमिक विद्यालयका विद्यार्थीले आलुखेती सुरू गरेका छन् । कक्षा १० मा अध्ययनरत विद्यार्थीले दुई रोपनी क्षेत्रफलमा आलुखेती सुरू गरेका हुन् ।

images
images

विद्यालयको छात्रावासमा बसेर अध्ययन गरिरहेका विद्यार्थीलाई मौसम अनुसारको खेती गर्न सिकाउने उद्देश्य अनुरूप आलुखेतीमा संलग्न गरिएको प्रधानाध्यापक सञ्जयकुमार विकले जानकारी दिए । छात्राबासमा बस्दा अभिभावकको आर्थिक लगानीलाई केही कम गर्ने र विद्यार्थीलाई आफैँप्रति जिम्मेवार बनाउन सकियोस् भन्ने उद्देश्यस्वरूप आलुखेती गराइएको उनको भनाइ छ । 

उनले भने, 'छात्राबासमा बस्दा अभिभावकको केही रकम खर्च हुन्छ । आलुखेती गरेर केही आम्दानी भयो भने सहज हुन्छ । पढ्दै कमाउँदै कार्यक्रमले विद्यार्थीलाई श्रमप्रतिको भावनासमेत जगाउँछ ।' आलुखेतीका लागि बारी खन्न विद्यार्थी र शिक्षकले सहयोग गरेका छन् ।

त्यसक्रममा ७० किलो आलु रोपिएको प्रधानाध्यापक विकले बताए । उनले भने, 'पढाइसँगै व्यावहारिक सीप सिकाउनसमेत यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास लिएका छौँ ।' उत्पादित हुने आलु बिक्री गरी विद्यार्थीले खर्च जुटाउन सक्ने विकको भनाइ छ ।

images
प्रकाशित मिति :मंसिर ११, २०८१ मंगलवार - ०८:३७:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology