Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

इच्छाकामना मन्दिरमा पंचबली सहित पहिलो पटक सरकारी पूजा, अब हरेक वर्ष निरन्तरता दिने

इच्छाकामना मन्दिरमा पंचबली सहित पहिलो पटक सरकारी पूजा, अब हरेक वर्ष निरन्तरता दिने

images

रासस

५, मंसिर २०८१
इच्छाकामना मन्दिरमा पंचबली सहित पहिलो पटक सरकारी पूजा, अब हरेक वर्ष निरन्तरता दिने
images

इच्छाकामना । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित इच्छाकामना मन्दिरमा आज पनि भव्य रुपमा पञ्चमी मेला लागेको छ । मन्दिरमा पहिलोपटक आज सरकारी पूजा गरिएको छ । गाउँपालिकाले आयोजना गरेको विशेष कार्यक्रममा फूलको डोलीसहित पञ्चेबाजा बजाएर पञ्चबलि चढाइएको हो । उक्त कार्यक्रममा बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवाल, गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङ, पूर्वअध्यक्ष गीता गुरूङ, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतलगायतको उपस्थिति रहेको थियो । मन्दिरमा हिजो पनि पञ्चमी मेला लागेको थियो । मेलाका अवसरमा धार्मिक पर्यटन प्रवर्द्धन गर्न गाउँपालिकाले मन्दिर संरक्षण समिति र त्रिवेणीकला केन्द्र मुग्लिनको सहकार्यमा विविध सांस्कृतिक कार्यक्रम पनि आयोजना गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बस्नेतले बताए । मन्दिर संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराका अनुसार इच्छाकामना मन्दिरमा हरेक वर्ष पञ्चमीका अवसरमा रातभर मेला लाग्ने र बिहान पूजाआजाका साथै बलि चढाइने परम्परा छ । रातभर मेला लाग्ने बिहान पूजाआजाका साथै बलि चढाउने प्रचलन छ । केही वर्षदेखि इच्छाकामना गाउँपालिकाले मेलालाई भव्य रूपमा मनाउन सो दिन सार्वजनिक बिदासमेत दिन थालेको छ । गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले धार्मिक पर्यटकीयको रूपमा विकास हुँदै गएको यस क्षेत्रमा मन्दिर पुनर्निर्माणसहित आवश्यक विभिन्न भौतिक संरचना निर्माण गरिएको बताए । उनका अनुसार मन्दिरको आम्दानीलाई पारदर्शी बनाउन गाउँपालिकाको मातहतमा ल्याइएको छ । पुजारी र हेरालु सरसफाइका कर्मचारीलाई गाउँपालिकाले मन्दिरको भेटी आम्दानीबाट तलब उपलब्ध गराउँदै आएको छ । मनकामना देवीका सात दिदीबहिनीमध्ये इच्छाकामना एक बहिनी रहेको किंवदन्ती छ । इच्छाकामना माईको मन्दिरमा सन्तान नभएकाले भाकल र पूजाआजा गरे सन्तान प्राप्त गर्ने सदियौँदेखि जनविश्वास रहेको पाइन्छ । समुद्री सतहबाट एक हजार आठ सय मिटरको उचाइमा इच्छाकामना मन्दिरको वरपर जङ्गलले ढाकेको छ । फागुन र चैतमा ढकमक्क फुलेको लालीगुराँसले वरिपरिको वातावरण रङ्गीन बन्छ । इच्छाकामनाबाट सफा मौसममा हिमाली शृङ्खला मनास्लु, गणेश, माछापुच्छ्र्रे देख्न सकिन्छ ।

images
प्रकाशित मिति :मंसिर ५, २०८१ बुधवार - १९:४९:१८ बजे
सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology