मुग्लिङ । चितवनको इच्छाकामना गाउँपालिका ४ स्थित घोप्टेभिरमा एकाबिहानै सुख्खा पहिरो खसेको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार आज बिहान करिब ६ः३० बजे उक्त स्थानमा सुख्खा पहिरो खसेको हो ।
पहिरोका कारण पृथ्वी राजमार्गको मुग्लिङ–काठमाण्डौ सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । यद्यपी पहिरो हटाएर राजमार्ग सुचारु गराउन प्रयास भैरहेको पनि सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ ।
राजमार्ग अवरुद्ध हुदाँ तिहार मनाउन हिडेका सर्वसाधारणलाई सकस परेको छ ।