मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका ५ मुग्लिन बजारमा रहेको कर्तव्यनिष्ट महिला समाज मुग्लिनले यस वर्ष तिज मनाउन छुट्याएको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने भएको छ । समाजको आज बसेको बैठकले रसुवा बाढिका कारण देशै विपत्तिमा परेको बेला तिज नमनाउने निर्णय गर्दै तिज मनाउन छु्ट्याएको रकम पिडितहरुलाई राहत स्वरुप प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

समाजले राहत कोषमा ५५ हजार ५ सय रुपैयाँ जम्मा गर्ने निर्णय गरिएको कर्तव्यनिष्ट महिला समाजका अध्यक्ष जुना राजभण्डारीले जानकारी दिनुभयो । ‘देश नै रोइरहेको बेला हामी रमाउनु उपयुक्त हुदैन यसैले हामी सबै महिला दिदिबहिनी मिलेर तिज नमनाउने र तिज मनाउन संकलन गरिएको रकम रसुवाको बाढिपिडितलाई राहत दिनको लागि प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको हो ।’ –उहाँले भन्नुभयो ।
र्णय गरियो