मुग्लिङ । चितवनको इच्छाकामना गाउँपालिका ५ मुग्लिङ बजार नजिकै घोप्टेभीरमा सुख्खा पहिरो खसेर अवरुद्ध भएको पृथ्वी राजमार्ग संचालनमा आएको छ । सुख्खा पहिरो खसेका कारण पूर्ण रूपमा दुईतर्फी अवरुद्ध भएको सडक करिब २ घण्टापछि पहिरो हटाएर संचालनमा आएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
पहिरोका कारण तिहारमा घर जान लागेका यात्रुहरू प्रभावित भएका थिए ।