मुग्लिन । चितवनको इच्छाकामना ५ मुग्लिङ बजार निवासी समाजसेवी उद्यमी व्यवसायी रामहरी कडेंलले हात्तिवाङका विद्यार्थीहरुको लागि शैक्षिक सामाग्री वितरण गरेको छ । नेकपा इच्छाकामनाको अध्यक्ष एवं इच्छाकामना उद्योग संघका अध्यक्ष समेत रहेका उद्यमी व्यवसायी कडेंलले बुधबार एक कार्यक्रमका बिच राष्ट्रिय माध्यामिक विद्यालय हात्तिवाङका विद्यार्थीहरुको लागि शैक्षिक सामाग्री वितरण गरेको हो ।
भदौ १२ गते परेको आफ्नो जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण गर्ने लक्ष्य राखेको भएपनि भोटेकोशी बाढिको विपत्ती आएका कारण सो बेला वितरण गर्न नसकिएकोमा हाल आएर विद्यालयमै पुगेर करिब २५ हजार मूल्य बराबरको शैक्षिक सामाग्री हस्तान्तरण गरेको व्यवसायी कडेंलले बताए । विशेष गरेर रामावि हात्तिवाङमा अध्ययनरत विद्यार्थीहरुको गणित विषयको सिकाईमा सहयोग पुगोस् भन्ने अभिप्रायले मैले गणित विषयसँग सम्बन्धित शैक्षिक सामाग्री उपलब्ध गराएको हु’ –उनले भने ।