Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

तनहुँको साथी वचत तथा ऋण सहकारीको अध्यक्षमा नन्दकुमारी

तनहुँको साथी वचत तथा ऋण सहकारीको अध्यक्षमा नन्दकुमारी

बि.बि. श्रेष्ठ

३०, माघ २०७७
तनहुँको साथी वचत तथा ऋण सहकारीको अध्यक्षमा नन्दकुमारी

तनहुँ, ३० माघ । महिलाहरुद्धारा संचालित साथी वचत तथा ऋण सहकारी संस्थाको ११ औ साधारण सभा तथा छैटौ अधिवेशन सम्पन्न भएको छ । संस्थाको अध्यक्ष नन्द कुमारी थापाको संचालनमा भएको उक्त साधारण सभाको प्रमुख अतिथीमा व्यास नगर पालिका वडा नं १४ का वडाध्यक्ष काजीमान श्रेष्ठ रहनुभएको थियो । 
कार्यक्रममा वोल्दै वडाध्यक्ष काजीमान श्रेष्ठले साथी वचत तथा ऋण सहकारीले सहकारीको मुल्य मान्यता अनुरुपको काम गरेको वताउनुभयो । सहकारीले महिला उद्यमी, कृषि को क्षेत्रमा शेयर सदस्यहरुको क्षमता वृद्धि र आथिक वृद्धिमा महत्वपुर्ण भुमिका खेलेको वताउनुभयो ।  वचत रकम संकलनमा मात्र हैन, वेरोजगारी महिलालाई रोजगार सृजना गर्न र सहुलियत ऋण दिएर जीवन स्तर उकास्न सहकारीले मुख्य भुमिका खेलेको छ । 
यसैगरि नगरपालिका कार्यकारिणी सदस्य नरिमाया रानाले विगत २०६६ साल देखि संचालित सहकारीले व्यास नगरपालिका र वन्दिपुर गाँउपालिकाका महिलाहरुलाई संगठित गरेर आत्मनिर्भर वन्न सहयोग गरेकोमा खुशी व्यक्त गर्नुभयो । ४ सय ५ महिला सदस्य रहेर यो सहकारीले अव्वल सावित गरेको छ  । यति धेरै महिला सदस्यलाई क्रियाशिल वनाउनुमा सक्रियता नै महत्वपुर्ण हो, वहाँले भन्नुभयो । यसैगरि कार्यक्रममा वडा सदस्य रिकेश थापा, मोहन थापा, एस ओ एस वालग्रामको कार्यक्रम अधिकृत अमृत पन्थी, भरत पौडेल, वन्दिपुर गाँउपालिकाका सदस्य सरला भटराई लगायतले सम्वोधन गरेका थिए । संस्थामा ४ सय ५ महिला सदस्य रहेको कुल शेयर रकम ९ लाख ४ हजार ६ सय रहेको र हाल वचत रकम ९३ लाख २४ हजार १ सय ९७ भएको र कुल लगानी  १ करोड २० लाख २६ हजार ५ सय ५ रहेको संस्थाको कोषाध्यक्ष सीता तिवारीले वताए । 
यसैगरि अधिवेशनले अध्यक्षमा पुन नन्द कुमारी थापा, उपाध्यक्षमा सुनिता भटराई, सचिवमा शर्मिला भटराई, कोषाध्यक्षमा सिता तिवारी, सदस्यहरुमा जमुना भटराई, जुना थापा, नेत्र माया थापा, चरिमाया थापा, विष्णुमाया थापा, सुनिता थापालाई सर्वसम्मत रुपमा चयन गरेको छ । कार्यक्रमको संचालन संस्थाका सचिव शर्मिला भटराईले गर्नुभएको थियो । 

images

images
प्रकाशित मिति :माघ ३०, २०७७ शुक्रवार - २२:३३:५७ बजे

बि.बि. श्रेष्ठ

लेखक बि. बि. श्रेष्ठ इच्छाकामना न्युजका लागि राजनैतिक विषयमा लेखहरु लेख्नुहुन्छ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology