Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बन्दीपुरका विद्यालयमा पढाइसँगै ‘हामी सक्छौं हामी गर्छौ’ कार्यक्रम सञ्चालन गरिने

बन्दीपुरका विद्यालयमा पढाइसँगै ‘हामी सक्छौं हामी गर्छौ’ कार्यक्रम सञ्चालन गरिने

इच्छाकामना न्युज

२७, कार्तिक २०८१
बन्दीपुरका विद्यालयमा पढाइसँगै ‘हामी सक्छौं हामी गर्छौ’ कार्यक्रम सञ्चालन गरिने
images
बन्दीपुर । तनहुँको बन्दीपुर गाउँपालिकामा पढाइसँगै सिपको विकास गर्ने उद्देश्यका साथ हामी सक्छौं हामी गर्छौं कार्यक्रम सञ्चालन गरिने भएको छ।

गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ मा वार्षिक कार्यक्रम अनुसार विद्यालयका विद्यार्थीहरूलाई हामी सक्छौं हामी गर्छौं कार्यक्रम सञ्चालन गर्न लागिएको बन्दीपुर गाउँपालिका शिक्षा युवा तथा खेलकुद विकास शाखा प्रमुख भीमप्रसाद लामिछानेले बताउनु भएको छ।

गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै कार्यक्रम सञ्चालनका लागि कक्षा ८ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरू कम्तिमा ३० देखि ५० जनाको समूहलाई प्रस्ताव पेश गर्न आह्वान गरेको छ।

विद्यालयले उक्त कार्यक्रममा पेन्टिङ, हाउस वाइरिङ, प्लम्बिङ तथा कपाल काट्ने लगायतका सिपमूलक तालिम कम्तीमा एक महिनासम्म सञ्चालन गर्न सक्ने गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताउनु भयो ।

विद्यार्थीहरूको लागि गुणस्तरीय सिकाइलाई प्रभावकारी बनाउन यस्तो कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनु भयो। उहाँले उक्त कार्यक्रमको माध्यमबाट पढ्दै गरेका विद्यार्थीहरू आगामी दिनमा बेरोजगार बन्न नदिन साथै उद्धमशीलताको विकास गरी स्वरोजगार बन्न सक्ने बताउनु भएको छ ।

उहाँल भन्नुभयो ‘विद्यार्थीको सिपले व्यवहार परिवर्तन हुनुका साथै अभिभावकको शिक्षामा गर्नुपर्ने आर्थिक लगानीको दायित्व घट्ने विश्वास व्यक्त गरिएको छ।

images
प्रकाशित मिति :कार्तिक २७, २०८१ मंगलवार - २०:४४:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology