Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

तेह्रथुममा डाडाँपाखाहरूलाई सजिसजाउ गरेर आन्तरिक तथा बाह्य पर्यटक आर्कषित गर्ने प्रतिस्पर्धा 

तेह्रथुममा डाडाँपाखाहरूलाई सजिसजाउ गरेर आन्तरिक तथा बाह्य पर्यटक आर्कषित गर्ने प्रतिस्पर्धा 

सिआईएन

३०, माघ २०७७
तेह्रथुममा डाडाँपाखाहरूलाई सजिसजाउ गरेर आन्तरिक तथा बाह्य पर्यटक आर्कषित गर्ने प्रतिस्पर्धा 
images

बिकास गुरुङ्घ, तेह्रथुम, ३० माघ । प्राकृतिक रूपमै रहेका डाडाँपाखाहरूलाई सजिसजाउ गरेर आन्तरिक तथा बाह्य पर्यटक  आर्कषित गर्ने प्रतिस्पर्धा देखिएको छ । त्यसै अनुसारको अभ्यासमा लागेको तेह्रथुमको छथर गाउँपालिकाको शुक्रबारेस्थित भ्यूपार्कमा पुग्ने पर्यटकको सङ्ख्या बढेको छ ।  
पर्यटन प्रबर्धनका लागि स्थानिय सरकार आएदेखि नै कतै पार्क बनाउने त कतै भएका पर्यटकीय स्थलको मर्मतका काम भइरहेका छन् । शुक्रबारेमा प्राकृतिक रुपमै रहेको डाडाँलाईनै भ्यूपार्कका रुपमा विकास गरिएको हो । शुक्रबारेमा रहेको यो पार्कमा आएपछि हरियाली मनोरम दृश्यावलोकन गर्न पाइएको बताउनुहुन्छ, धरानबाट आउनुभएका सुजता तामाङ ।  
छथर गाउँपालिकाको सबै भूभागको दृश्यलाई अवलोकन गर्न सकिने गरि पार्क निर्माण गरिएको छ । प्राकृतिक तथा सांकृतिक महत्व बोकेका स्थानको पहिचान गरि गाउँपालिकाले प्रवर्धनमा आफूहरूले जोड दिएको गाउँपालिकाका अध्यक्ष सन्तबिर लिम्बुले बताउनुभयो । शुक्रबारे वजार नजिकै निमार्ण गरिएको यो पार्कमा दैनिक जसो थुप्रै आन्तरिक पर्यटक आउने गरेका छन् । 
यसको प्रचारप्रसारसँगै पर्यटकको भीड बाक्लिन थालेको छ । गाउँपालिको बजेटबाट भ्यू पार्कको निमार्ण गरिएको बताउँनुहुन्छ छथर भ्यू पार्कका व्याबस्थापन समितिका सचिव खगेद्र लिम्बु । पर्यटनको विकासका लागि जील्लाको सम्भावना बोकेका क्षेत्र मध्येमा छथर –गाउँपालिका लाई चिनिन्छ । तर पर्यटनका लागि भनेर छुट्टाइएको रकम भ्युटावरका नाममा जथाभावी खर्च नगर्न स्थानीयबासी, बुछिजीविहरुको माग रहेको छ । 

images
images

images
प्रकाशित मिति :माघ ३०, २०७७ शुक्रवार - २०:०१:०९ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology