Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

क्होइबो निर्माण तथा जमिन खरिदका लागि तमू प्ये ल्हु संघ चितवनले सुरु गर्‍यो बृहत सांस्कृतिक अभियान

क्होइबो निर्माण तथा जमिन खरिदका लागि तमू प्ये ल्हु संघ चितवनले सुरु गर्‍यो बृहत सांस्कृतिक अभियान

इच्छाकामना न्युज

२४, कार्तिक २०८१
क्होइबो निर्माण तथा जमिन खरिदका लागि तमू प्ये ल्हु संघ चितवनले सुरु गर्‍यो बृहत सांस्कृतिक अभियान
images

चितवन । तमू प्ये ल्हु संघ चितवनले गुरुङहरुको कुल मन्दिर क्होइबो निर्माणार्थ तथा जमिन खरिदका लागि प्रथम बृहत सांस्कृतिक अभियान सुरु गरेका  छन् । संघले गुरुङ समुदायको बसोबास रहेको लमजुङको पर्यटकीय गाउँ क्वहोलासोथार गाउँपालिका ४ भुजुङ गाउँबाट अभियानको सुरुवात गरेका हुन् ।

images
images

IMG_7615.JPG
  
प्ये ल्हु संघ चितवनका अध्यक्ष विक्रम गुरुङको सभापतित्व तथा क्वहोलासोथार गाउँपालिका ४का वडाध्यक्ष नारायण गुरुङको प्रमुख आतिथ्यमा बिहिबार सांस्कृतिक कार्यक्रमको सुभारम्भ कार्यक्रम सम्पन्न भएको थियो ।सो कार्यक्रममा प्ये ल्हु संघ चितवनका वरिष्ठ उपाध्यक्ष इन्द्रकुमारी गुरुङ,प्ये ल्हु संघका जिल्ला कार्य समिति सदस्यहरु भुजुङका  सबै टोलविकास संस्थाका संयोजकहरु ,क्लब संघसंस्थाका प्रतिनिधि लगायतको  उपस्थिति रहेको थियो । प्ये ल्हू संघ चितवनका कलाकारहरुले  सांस्कृति प्रस्तुतीहरु प्रस्तुत गरेका थिए । कार्यक्रम प्ये ल्हु संघ चितवनका उपाध्यक्ष कृष्ण बहादुर गुरुङ र विश्व गुरुङले सञ्चालन गर्नुभएको थियो ।

IMG_7701.JPG

अभियान अन्तरगत प्ये ल्हू संघ चितवनले  शुक्रबार लमजुङकै क्वहोलासोथार गाउँपालिका ३ घले गाउँमा कार्यक्रम सम्पन्न गरिएको संघका अध्यक्ष विक्रम गुरुङले जानकारी दिनुभयो । 

गुरुङ समुदायको धर्म,कला, संस्कार, संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका लागि  क्होइबो निर्माणार्थ  सुरु गरिएको अभियान निरन्तर रहने  अध्यक्ष  गुरुङले बताउनुभयो । 

IMG_7701.JPG

 

images
प्रकाशित मिति :कार्तिक २४, २०८१ शनिवार - २१:१६:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology