Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

नेपाल प्रहरीलाई बागमति प्रदेश सरकारले ३४ वटा गाडी उपलब्ध गराउने

नेपाल प्रहरीलाई बागमति प्रदेश सरकारले ३४ वटा गाडी उपलब्ध गराउने

images

रासस

२९, माघ २०७७
नेपाल प्रहरीलाई बागमति प्रदेश सरकारले ३४ वटा गाडी उपलब्ध गराउने
images

हेटौडा, २९ माघ । वाग्मती प्रदेश सरकारले प्रदेशभित्र भएका नेपाल प्रहरीका विभिन्न एकाइलाई ३४ वटा सवारीसाधन उपलब्ध गराउने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रहरीका लागि १२ गाडी र २२ मोटरसाइकल उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए ।

बैठकले स्थानीय तहमार्फत कार्यक्रम कार्यान्वय गराउने तथा विभिन्न खालको योगदान दिने निर्णय गरेको छ । त्यस्तै सरकार स्थापनाको तीन वर्ष पुगेका अवसरमा भोलि मनाउन लागिएको तेस्रो वार्षिकोत्सव कार्यक्रम धुमधामसँग मनाउने निर्णयसमेत गरेको मन्त्री ढुङ्गेलले जानकारी दिए । बैठकले प्रदेशभित्रका नागरिकलाई हृदयघात भएमा तत्काल उपचार गर्नेसम्बन्धी गङ्गालाल हृदय रोग केन्द्रसँग सहकार्य गर्नेलगायत निर्णय गरेको उनले बताए । 

images
प्रकाशित मिति :माघ २९, २०७७ बिहिवार - ०७:३२:५९ बजे
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology