Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवनलाई स्वास्थ्य क्षेत्रको हब बनाउन सकिन्छः प्रदेश स्वास्थ्यमन्त्री किरण थापामगर

चितवनलाई स्वास्थ्य क्षेत्रको हब बनाउन सकिन्छः प्रदेश स्वास्थ्यमन्त्री किरण थापामगर

इच्छाकामना न्युज

८, कार्तिक २०८१
चितवनलाई स्वास्थ्य क्षेत्रको हब बनाउन सकिन्छः प्रदेश स्वास्थ्यमन्त्री किरण थापामगर
images

चितवन । वाग्मती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले चितवन जिल्लालाई स्वास्थ्य क्षेत्रको हबको रुपमा विकास गर्न सकिने बताएका छन् । चितवन मुलुकको मध्यभागमा रहेको र राजधानीसँगै जोडिएकाले मेडिकल हब बनाउन सके वाग्मती प्रदेशका जनतामात्रै नभईसँगै जोडिएका प्रदेशका नागरिकलाई पनि सेवा दिन सकिने उनले बताए ।

images
images

कान्तिपुर मिडिया ग्रुपले बिहीवार चितवनमा आयोजना गरेको ‘चितवन चिन्तन’को तेस्रो सत्र शिक्षा र स्वास्थ्यमा लगानीः चितवनको चिनारी विषयक कार्यक्रममा बोल्दै मन्त्री मगरले यस्तो बताएका हुन् । ‘वाग्मती प्रदेशको ६१ लाख जनसंख्यामध्ये चितवनमा मात्रै ७ लाख जनसंख्या बसोबास गर्छन् ।

विकासका पूर्वाधार, हावापानी, कृषि, पर्यटन, उद्योग, स्वास्थ्यलगायत क्षेत्र दिनप्रतिदिन बढेको छ, नयाँ बस्तीको विकास हुने क्रम जारी छ,’ मन्त्री मगरले भने, ‘चितवनमा निजी, सरकारी र स्थानीय तहबाट ८ वटा अस्पताल सञ्चालनमा छन् । ४ वटा ठूला अस्पताल छन्, शैक्षिक अस्पताल पनि छन् । त्यसकारण चितवन स्वास्थ्य हब बनाउन उचित छ । सरकारी र निजी अस्पतालको स्तरउन्नती गर्न हामी लाग्नेछौं ।’

शिक्षा र स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न वाग्मती प्रदेश सरकारबाट शिक्षा स्वास्थ्य ऐन २०८१ संशोधित पास गरेको बताए ।

‘ऐनअनुसार अब वाग्मती प्रदेशमा कम्तीमा १०० बेड सञ्चालन भएका अस्पतालले नर्सिङ पठाउन सकिन्छ । ऐन पास गरिराख्दा चितवनकै वाग्मती प्रदेश सरकारबाट सञ्चालित बकुलहर अस्पताल ५० बेडको थियो । वाग्मती प्रदेश सरकारको सहयोगमा १०० बेडमा सञ्चालनमा आएको छ,’ उनले भने, ‘आवश्यक थप बेड, उपकरण, पूर्वाधारहरु तयार पार्दैछौं । अन्य निजी अस्पतालको पनि स्तरोन्नति हुँदैछ ।’

 

images
प्रकाशित मिति :कार्तिक ८, २०८१ बिहिवार - २१:३६:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology