Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

गोरखाको शहिद लखन गाउँपालिकाले सर्वोत्कृष्ट कृषक छनौट गरि परस्कृत गर्ने

गोरखाको शहिद लखन गाउँपालिकाले सर्वोत्कृष्ट कृषक छनौट गरि परस्कृत गर्ने

images

इच्छाकामना न्युज

२८, माघ २०७७
गोरखाको शहिद लखन गाउँपालिकाले सर्वोत्कृष्ट कृषक छनौट गरि परस्कृत गर्ने
images

घैरुङ, २८ माघ । गोरखाको शहिद लखन गाउँपालिकाले सर्वोत्कृष्ट कृषक छनौट गरेर पुरस्कृत गर्ने भएको छ। गाउँपालिकाले गाउँपालिका भित्र रहेका किसानहरुलाई कृषि तथा पशुपालनका लागि प्रोत्साहन गर्ने उद्देश्यले सर्वोत्कृष्ट कृषक छनौट गरी पुरस्कृत गर्ने भएको हो। 
यसका लागि गाउँपालिकाले कृषक छनौटको प्रक्रिया सुरु गरिसकिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन बहादुर आले मगरले बताउनुभयो। उहाँका अनुसार पहिलो चरणमा गाउँपालिकाका हरेक वडाबाट कषि तर्फ १ जना र पशुपालन तर्फ १ जना गरि २ जना उत्कृष्ट कृषक छनौट गरिन्छ। यसरी गर्दा शहिद लखन गाउँपालिकाका ९ वटा वडाबाट १८ जना किसान उत्कृष्ट कृषक छनौट हुनेछन्। उनै उत्कृष्ट छनौट भएका १८ जना कृषकहरु मध्यबाट कषि तर्फ १ जना र पशुपालन तर्फ १ जना गरि २ जनालाई सर्वोत्कृष्ट घोषणा गरि पुरस्कृत गर्न लागेको हो। यसरी गाउँपालिकाले पहिलो पटक सर्वोत्कृष्ट कृषक घोषणा गर्न लागिएको प्रमुख प्रशासकिय अधिकृत आलेले बताउनुभयो।
यसैबिच सर्वोत्कृष्ट हुने कृषकलाई गाउँपालिकाले यहि फागुन २ गते प्रथम शहिद लखन थापाको स्मृतीमा बुंकोटमा आयोजना गर्न लागेको कार्यक्रममा पुरस्कृत गरिने कार्यक्रम संचालक एवं गाउँपालिकाका शिक्षा समन्वयकर्ता मोहनराज विष्टले बताउनुभयो।

images
प्रकाशित मिति :माघ २८, २०७७ बुधवार - २१:३९:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology