Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

धादिङको गजुरी गाउँपालिका स्थित केउरेनीमा शुद्ध खानेपानीको लागि फिल्टर वितरण

धादिङको गजुरी गाउँपालिका स्थित केउरेनीमा शुद्ध खानेपानीको लागि फिल्टर वितरण

images

इच्छाकामना न्युज

२८, माघ २०७७
धादिङको गजुरी गाउँपालिका स्थित केउरेनीमा शुद्ध खानेपानीको लागि फिल्टर वितरण
images

गजुरी , २८ माघ । गजुरी गाउँपालिका वडा नम्वर १ केउरिनिमा पानी शुद्दिकरणका लागि फिल्टर वितरण तथा समुहको साधारण सभा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा केउरीनी सामुदायिक संस्थाको ६ लाख ४ हजार १ सय ४१ रुपैयाँ बराबरको आर्थिक श्रोत रहेको आय व्यय विवरण प्रस्तुत गरिएको थियो ।

gajuri.jpg

सरसफाइ र स्वच्छतामा एक कदम अघि सरि, सधै सुरक्षित पानी पिउछौ हामी गावैभरी “ भन्ने मुल नाराका साथ फिल्टर वितरण कार्यक्रम भएको थियो । स्थानीय समुदायिक संस्था केउरीनी सामुदायिक संस्थका अध्यक्ष टिकाकुरमाी बरुवालको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य नेत्र खनाल, शान्ति नेपालका परियोजना संयोजक लाल प्रसाद पोखरेल, सदभाव गरिबि निवारण सहकारी संस्थाका व्यवस्थापक वासुदेव सुवेदी, कंकाल्नी आधारभुत प्राथमिक विद्यालयका प्रधानाध्यापक रामकृष्ण पाण्डे लगायतको आतिथ्यता रहेको थियो ।

केउरीनी सामुदायिक संस्थाको अगुवाईमा २९ घरधुरी सबैमा फिल्टर खरिद गरी सुरक्षीत पानी पिउने प्रतिवद्दता सहित फिल्टरको विरण गरिएको हो । पुर्ण सरसफाइ निर्देशिका २०७३ अनुसार सन २०३० सम्ममा नेपाललाइ पुर्ण सरसफाई उन्मुख राष्ट्र घोषणा गर्ने लक्ष्य रहेको छ । यसै गरी जिल्ला समन्वय समिती धादिङको समन्वयमा जिल्लाका १३ वटै स्थानिय तहको सहभागितामा २०२३ सम्ममा जिल्ला भरी सफा गाउ घोषणा गर्ने र २०२५ सम्ममा पुर्ण सरसफाइ उन्मुख जिल्ला घोषणा गर्ने महत्त्वाकाङ्क्षी लक्ष्य र घोषणा रहेको छ ।

images
प्रकाशित मिति :माघ २८, २०७७ बुधवार - १९:३३:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology