Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कांग्रेसका पूर्वसांसद जोशीको निधन

कांग्रेसका पूर्वसांसद जोशीको निधन

इच्छाकामना न्युज

२८, माघ २०७७
कांग्रेसका पूर्वसांसद जोशीको निधन
images

कञ्चनपुर, २८ माघ । पूर्वसांसद गङ्गादत्त जोशीको आज बिहान हृदयाघातका कारण ८४ वर्षका उमेरमा निधन भएको छ । केही दिनअघि आँखाको शल्यक्रिया गरेका नेपाली कांग्रेस कञ्चनपुरका पूर्वसभापति जोशीको आज बिहान महेन्द्रनगरस्थित घरबाट आँखाको थप उपचारका लागि “नातिनीको स्कुटरमा चढेर गेटा आँखा अस्पताल जाने क्रममा उहाँलाई घर नजीकै हृदयाघात भयो”,  कांग्रेस कञ्चनपुरका पार्टी सचिव ईश्वरीप्रसाद जोशीले भने, “उहाँलाई उपचारका लागि महाकाली अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको खबर छ ।”

images
images

उहाँको शव महाकाली अस्पतालमा राखिएको छ । परिवारका सदस्यसितको सल्लाहमा दाहसंस्कार गरिने जोशीले बताए । वृद्धावस्थामा पनि राजनीतिमा सक्रिय जोशीले उच्च रक्तचापको औषधि खाइरहेको बुझिएको छ ।

images
प्रकाशित मिति :माघ २८, २०७७ बुधवार - १२:४६:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology