Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

मोडल कृतिको "हजारको नोट" सार्वजनिक (भिडियो सहित)

मोडल कृतिको "हजारको नोट" सार्वजनिक (भिडियो सहित)

इच्छाकामना न्युज

१३, आश्विन २०८१
मोडल कृतिको "हजारको नोट" सार्वजनिक (भिडियो सहित)
चितवन । मोडल कृति भट्टराईको "हजारको नोट" सार्वजनिक भएको छ। शुक्रबार गायक कस्तुप पन्तको आफ्नै युट्युव च्यानल मार्फत सो गितको भिडियो सार्वजनिक भएको हो। 
 
गायक कस्तुप पन्तको शब्द तथा संगित रहेको सो गितमा लोकप्रीय गायक हिमाल सागर र अनु चौधरीको स्वर रहेको छ। 
 
सुमन राना र खुमन राना रेकर्डिस्ट रहेका सो गितलाई विशाल निरौलाले एरेन्ज गरेका हुन। सार्वजनिक सो भिडियोमा हिमाल सागर र मोडल कृति भट्टराईको अभिनय रहेको छ। झापा,विर्तामोड-८ स्थित देउनिया निवासी कृतिको यो डेव्यु गित हो। 
 
मिस प्रदेश नं १ कि विजेता समेत रहेकी कृति पछिल्लो समय अभिनय र मोडलिङ्गमा व्यस्त रहेकी छन। मोडलिङ्गमा नै आफ्नो भविष्य तय गरिरहेकी कृतिले यस गित सङ्गै आफुलाई अनुकुल भए अनुसार अवसर आए म्युजिक भिडियो र चलचित्रमा समेत काम गर्ने बताएकी छन।
 
बान्दे प्रसादको सम्पादन रहेको सो भिडियोको छायांकन राम शरण उप्रेतीले गरेका हुन। रामजी लामिछानेको कोरियोग्राफी तथा निर्देशन रहेको सो भिडियो सारथि म्युजिकले बजारमा ल्याएको हो।
 
 (भिडियो)

images
प्रकाशित मिति :आश्विन १३, २०८१ आइतवार - ०९:४८:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology