Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तनहुँको घाँसीकुवा नजिकै पहिरो, पृथ्वी राजमार्ग ठप्प

तनहुँको घाँसीकुवा नजिकै पहिरो, पृथ्वी राजमार्ग ठप्प

इच्छाकामना न्युज

१२, आश्विन २०८१
तनहुँको घाँसीकुवा नजिकै पहिरो, पृथ्वी राजमार्ग ठप्प
images

पोखरा । तनहुँको घाँसी कुवा नजिकै पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । 

images
images

व्यास १२ घाँसीकुवा नजिक ठुलो पहिरो आएको प्रहरीले जनाएको छ । राती आएको पहिरो पन्छाउने काम भइरहेको तनहुँ प्रहरीले जानकारी दिएको छ । 

यसअघि गत भदौ ५ गते यहाँ डाँडै खसेर सडक अवरुद्ध भएको थियो । अझै जोखिम कायम रहेकोले सचेत र सुरक्षित रहन प्रहरीले सूचना जारी गरेको छ । 

सोही ठाउँ पानी परेपछि जोखिममा रहने गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले अविरल वर्षाका कारण बाढी, पहिराजस्ता अप्रिय घटना सिर्जना भई धनजनको क्षति हुन सक्ने भएकाले सुरक्षित रहन आग्रह गरेको छ ।

images
प्रकाशित मिति :आश्विन १२, २०८१ शनिवार - ०८:०७:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology