Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

राष्ट्रपति रामचन्द्र पौडेल आज चितवन आउँदै

राष्ट्रपति रामचन्द्र पौडेल आज चितवन आउँदै

images

इच्छाकामना न्युज

१०, आश्विन २०८१
राष्ट्रपति रामचन्द्र पौडेल आज चितवन आउँदै
images

चितवन । राष्ट्रपति रामचन्द्र पौडेल आज चितवन आउँदै छन् । राष्ट्रिय क्यान्सर सतर्कता दिवसको अवसरमा वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आयोजना गरेको विशेष कार्यक्रमलाई राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम छ ।

राष्ट्रपति पौडेल बिहान ११ बजे भरतपुर आइपुग्ने र त्यस लगत्तै क्यान्सर अस्पतालको विशेष कार्यक्रमलाई सम्बोधन गर्ने कार्यतालिका रहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी दिए । उनका अनुसार राष्ट्रपति पौडेल सहभागी हुने अन्य औपचारीक कार्यक्रम छैन ।

क्यान्सर अस्पतालको कार्यक्रमलाई सम्बोधन गरेपछि उनी पश्चिम नवलपरासी जाने डिएसपी रिजालले जानकारी दिए ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल स्थापना भएको दिनलाई आधार मानी विगत २० वर्षदेखि सतर्कता दिवस मनाइँदै आएको छ । यही अवसरमा क्यान्सर अस्पतालले आफ्नो रजत महोत्सव समारोह आयोजना गर्दै छ ।

चीन सरकारको सहयोगमा स्थापित यो अस्पतालले २०५६ असोज १० गतदेखि सेवा सुरु गरेको हो । यसको औपचारिक उद्घाटन २०५७ असोज १० गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गरेका हुन् ।

images
प्रकाशित मिति :आश्विन १०, २०८१ बिहिवार - ०९:४३:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology