Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

नौकिलोमा भासिएको सडक मर्मतपछि नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

नौकिलोमा भासिएको सडक मर्मतपछि नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

images

इच्छाकामना न्युज

३१, भाद्र २०८१
नौकिलोमा भासिएको सडक मर्मतपछि नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन
images

चितवन। नारायणगढ–मुग्लिन सडकखण्डको नौ किलोमा दुईतर्फी सडक सञ्चालनमा आएको छ । आइतबार राती करिब ७ः२० बजे ईच्छाकामना गाउँपालिका-६ नौ किलोमा सडक चिरापरी छेउमा लगाएको जालीको भाग भाँसिएको थियो ।

सडकको करिब पाँच मिटर भाग चिरा परेर एक फिट तल सरेको थियो । रातीदेखि एकतर्फी सञ्चालन हुँदै आएकामा मर्मतपछि आज बिहान १०ः४० बजेपछि सडक दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नावब उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो ।

images
प्रकाशित मिति :भाद्र ३१, २०८१ सोमवार - १३:३८:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology