Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

प्ये ल्हु संघ चितवनको वृक्षारोपण कार्यक्रम : तमू जातिको पहिचान झल्किने खालका संरचना निर्माण गर्न वनमन्त्री सिलवालको आग्रह

प्ये ल्हु संघ चितवनको वृक्षारोपण कार्यक्रम : तमू जातिको पहिचान झल्किने खालका संरचना निर्माण गर्न वनमन्त्री सिलवालको आग्रह

इच्छाकामना न्युज

२८, भाद्र २०८१
प्ये ल्हु संघ चितवनको वृक्षारोपण कार्यक्रम : तमू जातिको पहिचान झल्किने खालका संरचना निर्माण गर्न वनमन्त्री सिलवालको आग्रह
images

भरतपुर । तमू प्ये ल्हु संघ चितवनले वृक्षरोपण गरेको छ। बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालको उपस्थितिमा शुक्रबार भरतपुर–११, नौरङ्गेस्थित संघको कार्यालय परिसरमा वृक्षरोपण गरिएको हो। 

images
images

कार्यालय परिसरलाई थप वातावरणमैत्री बनाउनको लागि वृक्षरोपण गरिएको प्ये ल्हु संघ चितवनका अध्यक्ष विक्रम च्हम्रु तमूले जानकारी दिए। उनका अनुसार प्ये ल्हु संघले कार्यालय परिसरमा फलफूल प्रजातिका करिब दुई सय विरूवा रोपेको हो। 

459668854_122113055060479609_735667293612658739_n.jpg

तमू प्ये ल्हु संघ केन्द्रका उपाध्यक्ष एवम् वागमती प्रदेश प्रमुख तुलाराम तमूले सदियौँदेखि तमू जातिको सम्बन्ध प्रकृतिसँग निकट रहेको तमू जातिले आफ्नो समुदायको धार्मिक संस्कार पनि सोहीअनुसार अपनाउँदै आएको बताए। नौरङ्गेमा तमू प्ये ल्हु संघले धार्मिक संस्कारको लागि क्होइबो धीं निर्माण गर्न आवश्यक रहे पनि विभिन्न खालका अवरोधका कारण समस्या भइरहेको बताउँदै प्रदेश सरकारले त्यसलाई सहज बनाइदिनुपर्ने बताए। 

नवजागृति सामुदायिक वनभित्र पर्ने उक्त क्षेत्रमा विगत लामो समयदेखि नै तमू समुदायले आफ्नो धार्मिक एवम् सांस्कारिक गतिविधि गर्दै आएको उनले बताए। तर, वनक्षेत्रभित्र विभिन्न खालका अवरोध सिर्जना हुँदा तमू जातिको सांस्कारिक गतिविधि प्रभावित बन्ने गरेको भन्दै त्यसलाई सहज हुने गरी प्रदेश सरकारले बाटो बनाइदिनुपर्ने उनको भनाइ छ। 

459630930_122113055228479609_4285355863328220009_n.jpg

डिभिजन वन कार्यालय चितवनका प्रमुख थिरबहादुर कार्कीले वन तथा वातावरणसँग नेपाली समाजको सम्बन्ध ज्यादै निकट रहेको हुँदा कतिपय धार्मिक एवम् सांस्कृतिक कृयाकलापहरू वनक्षेत्रभित्रै हुने गरेको बताए। कुनै पनि जातिको धार्मिक एवम् सांस्कृतिक कृयाकलापमा समस्या नहोस् भनेर कानुनले पनि धार्मिक वनको प्रावधान ल्याएको भन्दै प्ये ल्हु संघ चितवनको लागि पनि सामुदायिक वनसँग सम्झौता गरेर धार्मिक वनमा रूपान्तरण गर्न सकिने उनले बताए। 

सरकारले चितवनमा ६ वटा वनलाई धार्मिक वनको रूपमा हस्तान्तरण गरिसकेको बताए। तर, कतिपय अवस्थामा धार्मिक वनको नाममा त्यसलाई दुरूपयोग गर्न सक्ने जोखिमसमेत रहेको हुँदा वास्तविकता बुझेर काम गर्नु आवश्यक रहेको उनको भनाइ छ। 

बागमती प्रदेशका वन तथा वातावरणमन्त्री सिलवालले कानुनअनुसार सामुदायिक वनसँग सहमति गरेर धार्मिक वनमा रूपान्तरण गर्न आग्रह गरे। तमू जातिको धार्मिक आस्थाको केन्द्र बनाउने हुँदा धार्मिक वनमार्फत काम गर्न सहज हुने उनले बताए। त्यसपछि निर्माण हुने संरचनालाई पुरानो शैलीमा तमू जातिको पहिचान झल्किने खालका संरचना निर्माण गर्न सकिने उनको भनाइ छ। 

459497577_122113055000479609_2770303752979150927_n.jpg

आधुनिक कङ्क्रिट नभई काठैकाठको संरचना निर्माण गरेर चितवनमा तमू जातिको पहिचान दिलाउन सकिने उनले बताए। त्यस्तो अवस्थामा प्रदेश सरकारले दिल खोलेर सहयोग गर्न सकिने उनले बचन दिए। २०६० सालमा स्थापना भएको तमू प्ये ल्हु संघ चितवनले जिल्लाभर ३३ वटा इकाइ समिति गठन गरेर धार्मिक एवम् सांस्कृतिक कृयाकलाप गर्दै आइरहेको छ।

images
प्रकाशित मिति :भाद्र २८, २०८१ शुक्रवार - २३:४२:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology