तनहुँ, २७ माघ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँ खण्ड हुदै मुग्लिन पोखरा चल्ने ३ दर्जन बस कारवाहीमा परेका छन्। अनधिकृत बोर्डहरु राखेर यात्रुलाई भ्रम पार्ने गरि सञ्चालन भैरहेका ती बसहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँको कारवाही परेका हुन्।
जिल्लाका विभिन्न ठाउँमा गरिएका चेकजाँचका क्रममा पुग्नुपर्ने स्थान भन्दा फरक स्थान जाने अनधिकृत बोर्ड राखेर यात्रुलाई ढाट, छल गरेको गुनासो आएपछि प्रहरीले गरेको चेकजाँचका क्रममा ४० बसलाई कारवाही गरिएको ट्राफिक प्रहरी प्रमुख रेशम रानाभाटले बताउनुभयो।
उहाँका अनुसार २१ बसलाई कारवाही गरि छाडिएको र १९ बसको कागजपत्र नियन्त्रणमा लिईएको छ।