Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

रामेछापको ठोसेमा आगलागीमा परेर एक जनाको मृत्यु  

रामेछापको ठोसेमा आगलागीमा परेर एक जनाको मृत्यु  

images

सिआईएन

२७, माघ २०७७
रामेछापको ठोसेमा आगलागीमा परेर एक जनाको मृत्यु  
images

राजन महतारा क्षेत्री, रामेछाप, २७ माघ । रामेछापको गोकुलगङ्गा गाउँपालिका वडा नम्बर २ ठोसे स्थित चौरपातलका किपाले शेर्पाको घरमा गएराती आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार किपा शेर्पाकी ८० वर्षकी आमा पासाङ लेगी शेर्पाको आगोमा जलेर ज्यान गएको हो । 
ढुङ्गामाटोले बनेको शेर्पाको एक तले घरमा रहेको भान्सामा बालेको आगो सल्कँदा घर जलेर नष्ट भएको हो । गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग सुनुवारका अनुसार दुई ओटा घरमा आगलागी हुँदा मानविय क्षतिसँगै लाखौँको धनमाल जलेर नष्ट भएको छ । मृतकका परिवारलाई गाउँपालिकाले ५० हजार नगद सहित खाद्यन्न र लत्ताकपडा सहयोग गर्ने अध्यक्ष सुनुवारले बताउनुभयो । 

images
प्रकाशित मिति :माघ २७, २०७७ मंगलवार - १९:३८:०८ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology