Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन नतिजाः शहिद लखन जिल्लामै सर्वोत्कृष्ट, बारपाक सुलिकोट दोस्रो र गण्डकी तेस्रो

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन नतिजाः शहिद लखन जिल्लामै सर्वोत्कृष्ट, बारपाक सुलिकोट दोस्रो र गण्डकी तेस्रो

इच्छाकामना न्युज

७, भाद्र २०८१
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन नतिजाः शहिद लखन जिल्लामै सर्वोत्कृष्ट,  बारपाक सुलिकोट दोस्रो र गण्डकी तेस्रो
images

घैरुङ । गोरखाको शहिद लखन गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन नतिजामा जिल्लामै सर्वोत्कृष्ट पालिका बनेको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक बर्ष २०७९।०८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा औसत ८४.२५ प्रतिसत अङ्क ल्याएर शहिद लखन जिल्लामै सर्वोत्कृष्ट बनेको हो । 

images
images

शहिद लखनको यो नतिजा अघिल्लो वर्ष भन्दा राम्रो हो । अघिल्लो आर्थिक वर्ष २०७८।०७९मा ८३.७५ प्रतिशत अंक ल्याएर जिल्लामै दोस्रो भएको थियो । यसवर्ष भने सो नतिजामा सुधार गरेर शहिद लखन जिल्लामै सर्वोत्कृष्ट बनेको हो । 

आफ्नो पालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा जिल्लामै सर्वोत्कृष्ट बनेपछि खुशी लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरले प्रतिक्रिया दिए । पहिलो बन्ने भन्दा पनि सेवाग्राही, जनप्रतिनिधि, कर्मचारी लगायत सबैको सहयोगले नियम ऐन कानुन र कार्यविधिको परिधि भित्र रहेर काम गर्दै जादा सर्वोत्कृष्ट हुन पुगेको उनले बताए । यस्तै यो नतिजाले खुशी ल्याउनुका साथै आगामी दिनमा समेत थप कमजोरी रहेको सूचकमा सुधार गरी काम गरिने पनि उनले बताए ।

स्वमूल्याङ्कन कार्यविधिमा समावेश गरिएका बिभिन्न १० सूचक र १०० उपसूचकका आधारमा संस्थागत क्षमता स्वमूल्याङ्कन गर्ने गरिन्छ । निर्धारित सूचकहरु मध्ये शहिद लखनले सेवा प्रवाहमा १३ र सबैभन्दा कम सहकायर् र सम्बन्धमा ४.५ अंक प्राप्त गरेको छ ।

यसैबिच उक्त सूचीमा बारपाक सुलिकोट गाउँपालिका ८३.५० अंकका साथ दोस्रो र गण्डकी गाउँपालिका ८१.७५ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।

Screenshot 2024-08-23 090553.png

images
प्रकाशित मिति :भाद्र ७, २०८१ शुक्रवार - ०८:५८:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology