Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवनका धानबालीमा जिंकको कमी, मर्न थाले बोट

चितवनका धानबालीमा जिंकको कमी, मर्न थाले बोट

रासस

३२, श्रावण २०८१
चितवनका धानबालीमा जिंकको कमी, मर्न थाले बोट
images

चितवन । पूर्वी चितवनको रत्ननगर, खैरहनी एवं भरतपुर महानगरपालिकामा लगाइएको धानखेतीमा समस्या देखिएको हो। 

images
images

कृषि कार्यालय चितवनका अधिकृत स्वस्तिका चौहानका अनुसार रत्ननगर र खैरहनीमा लगाइएको धानमा खाद्यतत्व (जिंक)को कमी देखिएको छ। यसका कारण गाँज होचो हुने, बोट मर्ने र रोपेको ठाउँ बाँझो हुने समस्या देखिएको उनले जानकारी दिइन्।

यसलाई रोक्नका लागि सेरामिन जिंक भन्ने खाद्यतत्व प्रयोग गर्न उनले कृषकलाई सुझाव दिइन्। यो स्प्रे गर्दा प्रतिलिटर पानीमा एक ग्राम प्रयोग गरेर गर्न सकिने अधिकृत चौहानले बताइन्।

उनका अनुसार सो क्षेत्रको धानमा एमोनियम सल्फेक्टको प्रयोग बढी भएको देखिएको छ। पूर्वी चितवनमा गरिएको अवलोकनका क्रममा तीन प्रतिशत धानमा फल्फर टक्सीसिटी देखा परेको उनले बताइन्। यस समस्या वर्षातसँगै समाधान हुँदै जाने उनले बताइन्। धानबालीमा भन्दा पनि अन्य बालिमा यसको प्रयोग गरेको र सोको असर अहिले देखिएको अधिकृत चौहानले बताए। उनले भनिन्, 'एमोनियम सल्फेक्टको प्रयोग कम गर्ने गर्दा आत्तिनुपर्ने अवस्था छैन।'

भरतपुर महानगरपालिका क्षेत्रमा लगाइएको धानमा पोटासको खाद्यतत्वको कमी र गवारो देखिएको छ। उनका अनुसार कार्यालयमा दैनिक चारदेखि पाँच वटासम्म समस्या आउने गरेको र ती सबै पोटासको कमी र गवारोको समस्या रहेका छन्। उनले भने, 'पोटासको कमीका कारण जरा राम्रोसँग विकास नहुने, पात डढ्नेलगायतका समस्या देखा पर्ने गरेको छ।'

धान रोपेको एक महिनामा नै समस्या देखिन थालेपछि उत्पादनमा कमी आउने आकलन कार्यालयले गरेको छ। अहिले समस्या देखिएका उन्नत जातका बीउ (हाइब्रिड) लगाइएको स्थानमा भएको चौहानले जानकारी दिइन्।

जिल्लामा खेतीयोग्य जमिन ४६ हजार ४९४ हेक्टर क्षेत्रफल रहेको र २४ हजार २४७ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ। यसमध्ये अहिले शतप्रतिशत रोपाइँ सकिएको उनले जानकारी दिइन्। 

images
प्रकाशित मिति :श्रावण ३२, २०८१ शुक्रवार - ०८:१०:५० बजे
सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology