Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बागमतीको आगामी बजेट ६४ अर्ब ५४ करोड

बागमतीको आगामी बजेट ६४ अर्ब ५४ करोड

इच्छाकामना न्युज

३, आषाढ २०८१
बागमतीको आगामी बजेट ६४ अर्ब ५४ करोड
images

हेटौंडा। बागमती प्रदेश सरकारले ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

images
images

आगामी आर्थिक वर्ष २०८१/८२ का लागि प्रदेशका आर्थिक मामिला मन्त्री जगन्‍नाथ थपलियाले प्रदेश सभामा बजेट वक्तव्य प्रस्तुत गरेका हुन्‌ ।

बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ६२ अर्ब ७० करोड रुपैयाँको बजेट ल्याएको थियो । मन्त्री थपलियाले आगामी आर्थिक वर्षका लागि चालू आर्थिक वर्षको भन्दा झण्डै २ अर्ब रुपैयाँ बढीको बजेट अनुमान पेश गरेका हुन्‌ ।

२६ अर्ब १० करोड १६ लाख ८२ हजार चालू र ३६ अर्ब ९३ करोड ८७ लाख ४९ हजार पूँजीगत बजेट छुट्याएको प्रदेश सरकारले वित्तीय व्यवस्थातर्फ १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको जनाएको छ ।

कर राजस्वबाट २७ अर्ब ५८ करोड ५७ लाख, अन्य राजस्वबाट ६ अर्ब ५१ करोड १६ लाख ७९ हजार, संघीय सरकारबाट वित्तीय हस्तान्तरण बापत पाउने रकमबाट १५ अर्ब ५७ करोड ५६ लाख रुपैयाँ स्रोत जुटाउने प्रदेश सरकारको लक्ष्य छ ।

यसैगरी, चालु आर्थिक वर्षको अनुमानित सञ्चित कोषमा रहेको बचत र अन्य प्राप्तिबाट १४ अर्ब ८६ करोड ७४ लाख ५१ हजार रुपैयाँ व्यवस्थापन हुने बताइएको छ ।

images
प्रकाशित मिति :आषाढ ३, २०८१ आइतवार - ०९:४६:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology