Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

मकवानपुरको भिमफेदीमा टाटा सुमु दुर्घटना, १ जनाको मृत्यु, ४ जना घाईते

मकवानपुरको भिमफेदीमा टाटा सुमु दुर्घटना, १ जनाको मृत्यु, ४ जना घाईते

images

इच्छाकामना न्युज

२५, माघ २०७७
मकवानपुरको भिमफेदीमा टाटा सुमु दुर्घटना, १ जनाको मृत्यु, ४ जना घाईते
images

मकवानपुर, २५ माघ । मकवानपुरको भिमफेदी गाँउपालिकाको गोलमोडमा हिउँमा चिप्लिएर टाटा सुमो दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
काठमाठौबाट बिरगंज जादै गरेको ना १ ज ४१३८ नंम्बरकोे टाटा सुमो गोलमोडको मोडबाट झरेको हो । दुर्घटनामा घाइते भएका सप्तरी जिल्ला बनौली गाउँपालिका वडा नम्बर २ का ३३ वर्षिय प्रमाण्डु चौधरीको गएराती साढे ११ मृत्यु भएको हो ।
दुर्घनामा अन्य ४ यात्रु पनि गम्भिर घाईते छन् । घाईतेहरुलाई चुरेहिल अस्पताल हेटौंडामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक इन्द्रबहादुर रानाले वताउनुभयो । सिमभन्ज्याङ्ग प्रहरी, लेकाली बसिफाँटका शिक्षक नर्स र स्थानियले घाईतेहरुलाई उद्धार गरि अस्पताल पठाएका थिए । सुमो बेलुकी ८ बजेतिर दुर्घटना भएको स्थानीयहरूले बताएका छन् ।

images
प्रकाशित मिति :माघ २५, २०७७ आइतवार - ०९:४५:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology