Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

चितवनको कालिका नगरपालिकामा स्थापनाको सात वर्षपछि बल्ल नगर प्रहरीको सेवा सुरु

चितवनको कालिका नगरपालिकामा स्थापनाको सात वर्षपछि बल्ल नगर प्रहरीको सेवा सुरु

इच्छाकामना न्युज

२९, बैशाख २०८१
चितवनको कालिका नगरपालिकामा स्थापनाको सात वर्षपछि बल्ल नगर प्रहरीको सेवा सुरु

चितवन । चितवनको कालिका नगरपालिका स्थापना भएको सात वर्षपछि नगर प्रहरीको सेवा सुरु गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐनले पालिका स्तरमा ऐन र कार्यविधि बनाइ नगर प्रहरी राख्न पाउने व्यवस्था गरेको छ ।

images

नगरबासीको सुरक्षाको लागि स्थानीय सरकारले नगरप्रहरीको व्यवस्था गरिएको कालिका नगरपालिकाले बताएको छ । सो नगरपालिकाले एक जना नगर प्रहरी सहायक निरीक्षक र आठ जना नगर प्रहरी जवान भर्ति गरी सेवा सुरु गरेको हो ।

शुक्रबार आयोजित नगर प्रहरीको तालिम समापन समारोहमा प्रमुख प्रशासकीय अधिकृत चुडामणि शर्मा गौतमले नगरप्रहरीहरुलाई गोपनीयतको सपथग्रहण गराए । सपथ लगतै नगरप्रमुख विनोद रेग्मी र उपप्रमुख विमला तामाङले उनीहरुलाई दर्ज्यानी चिन्ह लगाइदिएर प्रमाणपत्र प्रदान गरे।

नगरपालिकाले नगर प्रहरीको लागि सार्वजनिक सूचना प्रकाशित गरी दरखास्त आह्वान गरेको थियो । दरखास्त दिनेहरुमध्ये नौ जनालाई छनौट गरी १५ दिनको तालिम दिएर काममा खटाइएको हो ।

IMG_7688-copy-1024x683.jpg

१५ दिने तालिममा नगर प्रहरीको काम, कर्तब्य र अधिकार सहित कबज, इन्डोर, आत्मरक्षा, जनसम्पर्क, दैविक प्रकोप लगायतका विषयहरुमा तालिम गराइएको थियो । सो अवसरमा मेयर रेग्मीले कालिका नगरबासीको सुरक्षाको लागि नगरप्रहरी भर्ति गरी काममा खटाइएको बताए । नगरप्रहरी सञ्चालन ऐन र कार्यविधि बनाएर नगरप्रहरी भर्ति गरिएको भन्दै सेवामा प्रतिबद्ध भएर काम गर्न आग्रह गरे ।

नगरपालिकाको भवन निर्माणको काम अन्तिम चरणमा पुगेको भन्दै निकट भविष्यमा फोहोर संकलन र व्यवस्थापनको समेत काम सुरु गर्ने उनले बताए । फोहोर संकलन र व्यवस्थापनको लागि कार्यविधि निर्माण भइसकेको उनको भनाई छ । साविकका गाविसहरु शक्तिखोर, सिद्धि, पदमपुर र जुटपानी समायोजना गरी २०७४ जेठ ७ गते नगरपालिका घोषणा गरिएको थियो ।

images
प्रकाशित मिति :बैशाख २९, २०८१ शनिवार - ०८:१८:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology