Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सकियो जनजाति साँस्कृतिक महोत्सव : निजी तथा सरकारी क्षेत्रलाई सहयोग पुगेको दाबी

सकियो जनजाति साँस्कृतिक महोत्सव : निजी तथा सरकारी क्षेत्रलाई सहयोग पुगेको दाबी

इच्छाकामना न्युज

२२, चैत्र २०८०
सकियो जनजाति साँस्कृतिक महोत्सव : निजी तथा सरकारी क्षेत्रलाई सहयोग पुगेको दाबी
images

नारायणगढ । प्रथम आदिवासी जनजाति साँस्कृतिक तथा व्यापारिक महोत्सव बुधबार सकिएको छ। चैत ९ देखि १८ गतेसम्म चलेको महोत्सवको बागमती प्रदेशसभा सदस्य ईश्वर सापकोटा ‘सुमन’को उपस्थितिमा समापन भएको हो। नारायणी नदी किनारमा भएको महोत्सवको समापन समारोहमा बोल्दै सांसद सापकोटाले चितवनका आदिवासी जनजाति समुदायले पहिलोपटक महोत्सव आयोजना गरे पनि उत्कृष्ट महोत्सव भएको प्रतिकृया दिए।

एकै ठाउँमा आदिवासी जनजातिको घर निर्माण गरेर ‘मिनी चितवन’को परिचय दिन सफल भएको भन्दै यस्ता खाले मेला महोत्सव जोकसैका लागि पनि अध्ययन अनुसन्धान गर्ने केन्द्र नै बनेको उनले बताए। यस्ता महोत्सवले आगामी दिनमा पनि निरन्तरता पाउनुपर्ने धारणा राखे। त्यसका लागि तीनै तहका सरकारले विशेष तरिकाले हेर्नुपर्ने उनको भनाइ छ।

उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष राजेन्द्र ओलीले आदिवासी जनजाति महासंघले यसपटक निजी क्षेत्रलाई सहयोग पुग्ने खालको कार्यक्रम गरेर सुस्ताएको बजार र अर्थतन्त्रलाई मानि उकास्ने काम गरेको बताए। आर्थिक संकटकै कारण चलायमान हुन नसकेको निजी क्षेत्रलाई थोरै भए पनि यो महोत्सवले माथि उठाउने प्रयास गरेको उनको भनाइ छ।

त्यसकारण चितवनमा जुनकुनै संघसंस्थाले आयोजना गरे पनि महोत्सव भइरहनु निजी र सरकारी दुवै क्षेत्रलाई फाइदाको विषय भएको उनले बताए। निजी क्षेत्रको व्यापार व्यवसाय बढाउँदै जाँदा त्यसबाट आर्जन हुने राजस्वले सरकारी क्षेत्रलाई समेत सहयोग पुग्ने र त्यही राजस्व जनताको घरदैलोमा विकासको नाममा आइपुग्ने हुँदा देशको अर्थतन्त्रको लागि मेला महोत्सवको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ छ।

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) चितवनका सल्लाहकार संयोजक पदमबहादुर गुरूङले लामो समयको संघर्षपछि महोत्सव आयोजना गर्न सफल भएको बताए। यसले देशभरका आदिवासी जनजाति समुदायको आवाजलाई अन्तर्राष्टियकरण गराउनमा धेरथोर भूमिका खेलेको उनको भनाइ छ।

नेफिन चितवनका अध्यक्ष एवम् महोत्सव मूल समारोह समितिका संयोजक महेन्द्र दुराले सबैको साथ, सहयोग र समर्थनले महोत्सव सफल भएको दाबी गरे। महोत्सवबाट आयोजक, व्यवसायी, समुदाय सबै सन्तुष्ट रहेको उनले बताए। सबैको साथ र सहयोगबाटै संस्था बलियो हुने बताउँदै उनले भने, ‘आगामी दिनमा पनि हामी यो महोत्सवलाई निरन्तरता दिँदै जाने छौँ। यहाँहरू सबैबाट यस्तै साथ र सहयोगको अपेक्षा गरेका छौँ।’

समापनको दिनमा महोत्सव सफल पार्न विभिन्न तहबाट भूमिका निर्वाह गर्ने व्यक्ति तथा संस्था, कलाकार, उपसमितिलगायतलाई मायाको चिनोसमेत वितरण गरेको थियो। महोत्सवको आर्थिक उपसमिति संयोजक पवन गुरुङले स्वागत मन्तव्य राखेको समापन कार्यक्रममा व्यवस्थापकको तर्फबाट नारायणी फेयर एक्जीविसन नेपालका सञ्चालक विकल क्षेत्री तथा विभिन्न जातजातिको जातीय संस्थाका प्रतिनिधिहरुले पनि मन्तव्य राखेका थिए।

सुरूमा चैत ९ देखि १८ गतेसम्मको लागि महोत्सव आयोजना गरे पनि पछि तीन दिन थप गरेर २१ गतेसम्म महोत्सव सञ्चालन भएको थियो।  

images
images

images
प्रकाशित मिति :चैत्र २२, २०८० बिहिवार - १०:१७:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology