Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इच्छाकामना गाउँपालिकाका १८ हजार बाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाइयो

इच्छाकामना गाउँपालिकाका १८ हजार बाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाइयो

रासस

२६, फाल्गुण २०८०
इच्छाकामना गाउँपालिकाका १८ हजार बाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाइयो
images

चितवन । इच्छाकामना गाउँपालिकाको ७ वटै वडामा गरी १८ हजार बाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाइएको छ ।

images
images

ईच्छाकामना गाउँपालिकाको प्राविधिक सहयाेगमा बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास निर्देशनालय र पशु सेवा कार्यालय चितवनको आयोजनामा सञ्चालना भएको सप्ताहब्यापी खोप कार्यक्रम शुक्रबार सम्पन्न गरिएको हो ।

430858280_396040589827555_6067781555623872165_n.jpg

पशु सेवा प्राविधिक रञ्जित विकका अनुसार इच्छाकामना–१ र २ मा तीन/तीन हजार , वडा–७ मा चार हजार र वडा–३, ४, ५ र ६ मा दुई/दुई हजार खोप लगाइएको हो ।

पिपिआर रोग लागेमा यस्को उपचार नहुने र धेरै बाख्रा मर्ने हुँदा यस्तो उत्तम विकल्प खोप नै रहेको पशुपन्छी विकास शाखाका प्रमुख डा सुनिल ज्ञवालीले जानकारी दिए । उनका अनुसार यो वर्ष थप पाँच हजार बाख्रामा खोप लगाउने तयारी छ । गत वर्षको तुलनामा दोब्बर बाख्रामा खोप लगाइएतापनि खोप अझै प्रयाप्त नरहेको उनी बताउँछन् ।

430085814_396042119827402_8654294603669701685_n.jpg

images
प्रकाशित मिति :फाल्गुण २६, २०८० शनिवार - १३:२६:५८ बजे
सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology