Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

नारायणी किनारमा ‘प्रथम आदिवासी जनजाति सांस्कृतिक तथा व्यापार महोत्सव’ हुदैँ

नारायणी किनारमा ‘प्रथम आदिवासी जनजाति सांस्कृतिक तथा व्यापार महोत्सव’ हुदैँ

इच्छाकामना न्युज

२२, फाल्गुण २०८०
नारायणी किनारमा ‘प्रथम आदिवासी जनजाति सांस्कृतिक तथा व्यापार महोत्सव’ हुदैँ

भरतपुर । यही चैत ९ देखि १८ गतेसम्म नारायणी नदी किनारमा हुन लागेको ‘प्रथम आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव–२०८०’ मा आदिवासी जनजाति परिसर प्रमुख आकर्षणको केन्द्र बन्ने भएको छ । करिब ४० आदिवासी जनजातिको बसोबास रहेको चितवनमा १८ जाति संगठित भइसकेका छन् ।

images

महोत्सवस्थलमा संगठित भएका सबै आदिवासी जनजाति समुदायको जातीय पहिचान झल्किने गरी जनजाति परिसर निर्माण गरिने आयोजक संस्था नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद् चितवनले जनाएको छ । आदिवासी जनजाति परिसरबाटै आदिवासी जनजातिको सांस्कृतिक पहिचान झल्काउने प्रयास गरिने महोत्सव मूल समारोह समितिका संयोजक महेन्द्र दुराले जानकारी दिए ।

महोत्सव सञ्चालन गर्ने विषयमा मङ्गलबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा मूल समारोह समितिका संयोजक दुराले भने, ‘हामीले कति सक्छौँ, आदिवासी जनजातिको सांस्कृतिक घर तथा जातीय पहिचान झल्किने खालको छुट्टै परिसर निर्माण गर्दैछौँ । त्यही नै महोत्सवको मुख्य आकर्षक हुने हामीले विश्वास लिएका छौँ ।’

चितवनका आदिवासी जनजाति समुदायको संस्कृति र पहिचानलाई विश्वव्यापी गराउनको लागि पनि महोत्सव गर्ने तयारी गरिएको उनको भनाइ छ । यसका साथै भरतपुर महानगरपालिकाले आयोजना गरेको ‘घुमौं भरतपुर’लाई सार्थक तुल्याउन पनि आदिवासी जनजाति महोत्सव सार्थक हुने आयोजकले दाबी गरेको छ ।

आदिवासी जनजाति समुदायको परिसरसहित करिब तीन सय प्रदर्शनी कक्ष रहने महोत्सव अवधिभरमा चितवनमा बसोबास गर्दै आएका सम्पूर्ण आदिवासी जनजाति समुदायको जातीय पहिचान झल्किने सांस्कृतिक प्रस्तुति रहनेछ । त्यसबाहेक हरेक दिन ख्यातिप्राप्त कलाकारहरुमार्फत गीतसंगीतको माध्यमबाट मनोरञ्जन प्रदान गरिने आयोजकले जनाएको छ ।

२०७८ को जनगणनाअनुसार तीन लाख ३२ हजारभन्दा बढी जनसङ्ख्या आदिवासी जनजाति समुदायले ओगटेको छ । तर, महोत्सवमार्फत जातीय पहिचानसँगै समग्र चितवन जिल्लाकै आर्थिक तथा पर्यटन प्रवद्र्धन गर्नका लागि महोत्सव आयोजना गर्न लागिएको संयोजक दुराले जानकारी दिए । महोत्सव सम्पन्न गर्नका लागि नौरङ्गेस्थित आदिवासी जनजाति महासंघको कार्यालयमा सचिवालय स्थापना गरेर तयारी गरिरहेको आयोजकले जनाएको छ ।

चितवनमा बसोवास गर्दै आएका आदिवासी जनजाति समुदायको जातिगत गतिविधिलाई अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्नका लागि पनि महोत्सव आयोजना गरिएको महासंघका सल्लाहकार एवम् पूर्वअध्यक्ष पदमबहादुर गुरूङले बताए । करिब दुई लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने महोत्सव सम्पन्न गर्न करिब ८० लाख रूपैयाँ खर्च र करिब एक करोड रूपैयाँको हाराहारीमा कारोबार हुने लक्ष्य लिइएको छ । 

images
प्रकाशित मिति :फाल्गुण २२, २०८० मंगलवार - २२:५९:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology