Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

भरतपुर भ्रमण वर्ष-२०२४ : चैत ९ देखि १८ गतेसम्म जनजाति महासंघ चितवनले महोत्सव गर्ने  

भरतपुर भ्रमण वर्ष-२०२४ : चैत ९ देखि १८ गतेसम्म जनजाति महासंघ चितवनले महोत्सव गर्ने  

इच्छाकामना न्युज

१९, फाल्गुण २०८०
भरतपुर भ्रमण वर्ष-२०२४ : चैत ९ देखि १८ गतेसम्म जनजाति महासंघ चितवनले महोत्सव गर्ने  

चितवन । भरतपुर भ्रमण वर्ष–२०२४ को अवसर पारेर नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् चितवनले नारायणी नदी किनारमा ‘आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव–२०८०’ गर्ने भएको छ। आउँदो चैत ९ देखि १८ गतेसम्मको लागि महोत्सव आयोजना गर्ने तयारी भइरहेको महासंघका अध्यक्ष महेन्द्र दुराले जानकारी दिए। उनका अनुसार चितवनमा आदिवासी जनजाति महासंघले पहिलोपटक महोत्सव आयोजना गर्न लागेको हो।

images

मङ्सिरदेखि नै महोत्सव आयोजना गर्ने योजना बनाए पनि विभिन्न कारणले पछि धकेलिएको उनको भनाइ छ। आदिवासी जनजाति समुदायको संस्कृति र जातीय पहिचानलाई केन्द्रमा राखेर महोत्सव आयोजना गर्न लागिएको उनको भनाइ छ। ‘भेषभूषा र खानपानसँगै मञ्चमा हुने गतिविधिमार्फत आदिवासी जनजातिलाई केन्द्रमा राखेर काम गर्न खोजेका छौँ,’ उनले भने, ‘यसो भन्दै गर्दा आदिवासी जनजाति समुदायलाई मात्रै स्थान दिने भन्ने होइन।’

महोत्सवलाई सबैको साझा महोत्सव बनाउने विषयमा जनजाति महासंघ सचेत रहेको उनले बताए। महोत्सवबाट आदिवासी जनजाति सांस्कृतिक हिसाबले पनि एकतामा रहेको सन्देश फैलाउने लक्ष्य लिइएको उनको भनाइ छ।

महासंघका सचिव रामबहादुर भुजेलका अनुसार नारायणी नदी किनारमा हुने महोत्सवमा कम्तिमा दुई सयभन्दा बढी व्यापारिक स्टल रहने छ। चैतको ९ गतेदेखि महोत्सव लगाउने निश्चित भइसकेको हुँदा तयारीलाई तीव्र पारिएको उनले बताए। ‘हामीसँग तयारी गर्ने समय एक महिना पनि छैन। त्यसकारण तीव्र गतिमा तयारी गर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘त्यसकारण भरतपुर महानगरपालिकाबाट अनुमति पाइसकेपछि हामी तयारीलाई नै तीव्रता दिइरहेका छौँ।’

कम्तिमा दुई लाख दर्शकलाई महोत्स्व अवलोकन गराउने गरी तयारी थालिएको उनले बताए। चितवनमा थारू, चेपाङ, तामाङ, गुरूङ, मगर, नेवार, कुमाल, दरै, दुरा, थकाली, ह्योल्मो, राई, लिम्बू, भुजेलसहित १७ वटा आदिवासी जनजाति समुदाय संगठित छन्। ती सबैलाई एकै ठाउँमा समेटिने गरी महोत्सव आयोजना गर्न लागेको महासंघका सचिव भुजेलले जानकारी दिए।

‘महोत्सवमा चितवनका आदिवासी जनजाति सम्वद्ध सबैजसो संघसंस्थाको प्रतिनिधित्व हुने छ,’ उनले भने, ‘सबै जातजातिले आ–आफ्नो भेषभूषा तथा संस्कृतिलाई प्रदर्शन गर्न पाउने छन्।’ त्यसबाहेक चितवन जिल्लामा उत्पादन भएका वस्तुको बजारीकरणमा समेत टेवा पुग्ने गरी महोत्सव आयोजना गर्न लागेको उनले बताए। ‘स्थानीय उत्पादनको प्रवद्र्धन तथा बिक्री वितरण, कृषि, जडिबुटी तथा खनिजजन्य उत्पादनको प्रदर्शन र बिक्री वितरण गरिने छ,’ उनले भने।

चितवन जिल्लाका आदिवासी जनजाति समुदायलाई संगठित बनाउन विसं। २०५५ सालमा ओम गौचनको अध्यक्षतामा नेपाल आदिवासी जनजाति संघ गठन भएको थियो। संस्था स्थापनाको साढे दुई दशकपछि हाल महासंघले पहिलोपटक महोत्सव आयोजना गर्ने तयारी थालेको हो।

images
प्रकाशित मिति :फाल्गुण १९, २०८० शनिवार - २१:११:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology