Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बागमती प्रदेशसभा बैठक आज, यस्तो छ कार्यसूची

बागमती प्रदेशसभा बैठक आज, यस्तो छ कार्यसूची

इच्छाकामना न्युज

१७, फाल्गुण २०८०
बागमती प्रदेशसभा बैठक आज, यस्तो छ कार्यसूची
images

मकवानपुर । बागमती प्रदेशसभा बैठक आज बस्दै छ ।  बिहान ११ः३० बजे बैठक बस्ने तयारी गरिएको प्रदेश सभा सचिवालय हेटौँडाले जनाएको छ । 

images
images

सचिवालयका अनुसार बैठकमा विशेष समय र विधेयक पेस गर्ने कार्यसूची रहेको छ । बैठकमा विशेष समयमा सांसदहरूले धारणा राख्ने छन् भने संसद् सचिवालयमा दर्ता भएको प्रदेश हस्तकला ग्राम स्थापना सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गर्ने कार्यसूची रहेको छ । 

सरकार र प्रतिपक्ष बिचको अन्तर्द्वन्द्व कारण प्रदेशसभा बैठक प्रभावित बन्दै आएको छ । विगत ४ महिना देखि बन्द बैठक फागुन १५ गतेका लागि आह्वान गरिएको थियो । बजेट माथिको भागबन्डाको विषयलाई लिएर सरकार र प्रतिपक्ष बिचको विवादका कारण सो बैठकमा समेत विवाद भएको थियो । अधिवेशन आह्वान सम्बन्धी पत्र र प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त केही पत्र वाचन सहित दलगत रूपमा सांसदहरूले शुभकामना मन्तव्य राखे पछि बैठक स्थगित भएको थियो । 

बुधबार बिहान ११ः३० बजेका लागि बोलाइएको बैठक बस्दै नबसी सूचना टाँस गरी स्थगित गरिएको थियो । बजेट विनियोजनमा असहमति राख्दै आएको प्रमुख प्रतिपक्ष दल सहित विपक्षी दलहरूले पूर्व निर्धारित बजेट सम्बन्धी सहमति कार्यान्वयन माग गरेपछि बैठक स्थगित भएको थियो । सरकार र प्रतिपक्ष बिचको विवाद समाधान गर्ने पटक पटक बसेको सर्वदलीय बैठक समेत व्यर्थ बनिरहँदा त्यसको असर संसदमा देखिएको हो।

 

images
प्रकाशित मिति :फाल्गुण १७, २०८० बिहिवार - ०९:४२:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology