Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

गण्डकी गाउँपालिकाका चेपाङ महिलाको आयआर्जनका लागि बाख्रा बितरण 

गण्डकी गाउँपालिकाका चेपाङ महिलाको आयआर्जनका लागि बाख्रा बितरण 

इच्छाकामना न्युज

२८, माघ २०८०
गण्डकी गाउँपालिकाका चेपाङ महिलाको आयआर्जनका लागि बाख्रा बितरण 
images

गोरखा । गण्डकी गाउँपालिकामा रहेका चेपाङ समुदायका विपन्न नागरिकलाइ जिविकोपार्जन सहयोगको लागि उन्नत जातका बाख्रा तथा बोका बितरण गरिएको छ । 

images
images

चेपाङ समुदायको आर्थिक अवस्था सुधारका लागि गण्डकी गाउँपालिकाको वडा नं ७ मा बाख्रा पालन गर्ने किसान छनौट गरी बाख्रा पालन तथा गोठ व्यवस्थापन तालीम प्रदान गरी ५८ जनालाइ बाख्रा तथा ४ जनालाइ ब्याडको बोका बितरण गरिएको छ । 

तारा नमस्ते फाउण्डेसनले यस अघि गोठ सुधारका लागि जस्तापाता र जाली दिएपछि बाख्राको लागि खोर सुधार गरेको स्थानीय सितामाया चेपाङले बताइन् । उनले भनीन् ‘पहिले आफुसँग ४ वटा थिए संस्थाले एउटा बाख्रा दियो अब व्यवसायीक रुपमा बाख्रा पाल्ने निधो गरेको छु ।’ 

अहिले बाख्रा पाउने ५८ जना मूल समुहका हुन् अर्को वर्ष उपहार समुहका सदस्य ५८ जनालाइ उनीहरुले पाठी उपहार दिनेछन् । बाख्रामा नश्ल सुधारका लागि ४ टोलमा ४ वटा बोयर जातको बोका समेत बितरण गरेको तारा नमस्ते फाउण्डेसनका कार्यक्रम व्यवस्थापक राजन पुडासैनीले बताए । सवै कार्यक्रम स्थानीय सरकारसँगको समन्वयमा गरिएको छ । 

यस बाहेक यहाँको चेपाङ समुदायका १४ परिवार कुखुरा पालन समुहमा आवद्ध छन् उनीहरुलाइ खोर व्यवस्थापन तथा चल्ला र दाना समेत बितरणको तयरी भइरहेको पुडासैनीले बताए । गण्डकी गाउँपालिका–६ को लामिडाडा, सल्लेरी, भक्केडाडा, खरेटार, बदला, क्षेत्रीखोला, ७ को कौदी खोलामा पोषणयुक्त घाँस रोपण, बाख्रा तथा स्थानीय नागरिकको स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने पुडासैनीले जानकारी दिए । 

प्रजाज्योति आधारभूत विद्यालयमा भएको बाख्रा बितरण कार्यक्रममा बोयर जातको उततन बोका पाएपछि खुशी लागेको स्थानीय गुमानसिं चेपाङले बताए । गाउँमा अधिकांसले गाइ, भैसी तथा अन्य पशुपालन गरेका छैनन् बाख्राका लागि घाँसको समस्या नहुने हुनाले धेरैले बाख्रा पाल्ने योजना बनाएको स्थानीय कौशिला चेपाङले बताइन् । 

स्थानीयको माग अनुरुप चेपाङ बस्तीका बिपन्न महिलाहरूको आयआर्जनका लागि बाख्रा बितरण कार्यक्रम भएको र कुखुका बितरणको कार्यक्रम पनि छिटै गरिने तारा नेपाल फाउण्डेसनका अध्यक्ष ईश्वर श्रेष्ठले बताए । 

images
प्रकाशित मिति :माघ २८, २०८० आइतवार - २१:५५:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology