Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

३० वर्षदेखि ओढारकै बास

३० वर्षदेखि ओढारकै बास

पत्रपत्रिका

२४, माघ २०८०
३० वर्षदेखि ओढारकै बास
images

बैतडी । हेर्दै डरलाग्दो भीर। भीरको माथिल्लो चुचुरोमा छ, ठूलो ओढार। त्यही ओढारमा विगत ३० वर्षदेखि बस्दै आएका छन्, मेलौली नगरपालिका–३ ढणौनका नरबहादुर चन्द। सामान्य मानिसले सहजै हिँडडुल गर्न नसक्ने ओढारमा चन्द विगत ३० वर्षदेखि बस्दै आएका छन्। ओढारभित्र कुच्चिएका र फुटेका स्टिल तथा प्लास्टिकका भाँडाकुडा र झुत्रा लुगाबाहेक केही छैन। ६४ वर्षका चन्दको मानसिक अवस्था पनि कमजोर देखिन्छ। आमा-बुवाको मृत्यु भएदेखि नै चन्द त्यही ओढारमा बस्दै आएको स्थानीय बताउँछन्। 

images
images

बुवा आमाको एक्लो सन्तान हुन्, चन्द। उनी बाल्यकालमै बुवासँग भारत गएको सम्झिन्छन्। भारतमा रहँदा एक्कासी बेपत्ता भएका उनी ३५ वर्षपछि घर फर्किएका थिए। मानसिक अवस्था कमजोर भएर घर फर्किएको केही समयपछि आमाबुवा गुमाएका उनले त्यसपछि घरमा बस्न छाडेका थिए। 

छरछिमेकीको दाउरा बोक्ने, सरसामान ओसार्नेलगायतका काम गरेर बेलुका ओढार फर्किने उनको दैनिकी नै बनेको छ। गाउँमा मानसिक सन्तुलन गुमाएका भनिए पनि उनमा त्यस्तो लक्षण नदेखिएको स्थानीय बताउँछन्। 

एकसरो लुगासमेत नभएका उनी दिनभर गाउँलेको दाउरा बोकेर खाद्यान्न जोहो गर्छन्। सामान किनेर ओढारमा फर्किन्छन् र आफैं पकाएर खान्छन्। पुुरानै भए पनि लुुगाकपडा फेरिरहन्छन्। ‘एक्लाको हातबाट घर बन्दैन। कसरी घरजम बस्छ ?’ ओढारमा बस्दा निकै चिसो हुने गरेको सुनाउँदै उनी भन्छन्, ‘साँझपख हावाहुरी चल्छ, राति त निकै चिसो हुन्छ। पानी परेको समयमा बस्नै सकिन्न। लुगा पनि छैन।’

दिनैभर गाउँ चहारेर बेलुका ओढारमा फर्किने चन्दका अधिकांश रात भोकै पनि बित्ने गरेको छ। ‘दिनदिनै के पकाउने ? केही सामान नै छैन। कसैले पैसा दिए भने केही किन्छु। पकाएर खान्छु। नत्र  भोकै सुत्छुु’, उनी भन्छन्। 

कुनै स्थानीयलाई कुट्ने, झम्टने, चोरी गर्नेलगायतका कुनै पनि अवान्छित काम नगर्ने भतिजासमेत रहेका पंकज चन्दले बताए। घरमा बसाउन धेरै प्रयास गरिएको भए पनि नमान्ने गरेको पंकज बताउँछन्। ‘हामीले घरमा बस्नु भनेर धेरै पटक आग्रह ग¥यौं। तर, उहाँ मान्नुुहुन्न’, पंकज भन्छन्।

कुनै दातृ निकाय र संघ–संस्थाद्वारा उपचार गराउन सके निको हुने विश्वास गरिएको वडा सदस्यसमेत रहेका आफन्त शेरबहादुर चन्द बताउँछन्। ‘एकोहोरो दिमाग चलाउनु हुन्छ। घरमा राख्ने हरसम्भव प्रयास गरिएको हो। तर, सकिएन। केही संस्था र दातृ निकायले सहयोग गरेमा निको हुन्थ्यो कि भन्ने लाग्छ’, वडा सदस्य चन्द भन्छन्। 

परिवारका एक्ला सदस्य भएकाले आर्थिक अभावमा उपचारका लागि लैजान नसकिएको उनले बताए।

images
प्रकाशित मिति :माघ २४, २०८० बुधवार - ०७:२०:०० बजे

पत्रपत्रिका

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology