तनहुँ । विद्युतीय तारको प्रयोग गरी माछा मार्ने क्रममा एक जना युवकको मृत्यु भएको छ ।
शुक्लागण्डकी नगरपालिका वडा नं. ६ ओखले बस्ने २८ वर्षीय सन्तोष कुमालको मृत्यु भएको हो ।
शनिबार बिहान तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं. ६ कुम्लेखोलामा कुमाल ओखलेमा डेरा गरी बस्ने वर्ष २५ को सन्तोष डाँगीसँग माछा पार्न पुगेका थिए । माछा मार्ने क्रममा करेन्ट लागी घाइते भएका कुमाललाई उपचारको लागी जिपी कोइराला श्वास प्रश्वास केन्द्र बेचलौतारा ल्याइएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।