Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

तामाङ समुदायमा योगदान पुर्‍याउनेलाई घेदुङको सम्मान

तामाङ समुदायमा योगदान पुर्‍याउनेलाई घेदुङको सम्मान

images

इच्छाकामना न्युज

१९, माघ २०८०
तामाङ समुदायमा योगदान पुर्‍याउनेलाई घेदुङको सम्मान
images

भरतपुर । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति चितवनले सोनाम ल्होछार मनाएको छ । घेदुङले जिल्ला समन्वय समितिको हलमा विशेष कार्यक्रम आयोजना गरेर ल्होछार मनाएको हो । कार्यक्रममा तामाङ समुदायको प्रतिनिधित्व गर्दै विभिन्न क्षेत्रमा परिचय दिन सफल व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

तामाङ पत्रकार संघ चितवनका अध्यक्ष बबिलाल तामाङ, तामाङ पत्रकार संघका केन्द्रीय सचिव उर्गेन तामाङ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशका उपाध्यक्ष राजेश रूम्बा तामाङ, तामाङ पत्रकार संघ बागमती प्रदेशका उपाध्यक्ष ज्ञानेन्द्र तामाङ, इन्जिनियर सूर्यप्रकाश लामा, अधिवक्ता अजयकुमार तामाङ, भरतपुर नगर तामाङ समाजका पूर्वअध्यक्ष पासाङ तामाङ, पहिचानको आन्दोलनमा घाइते भएका अमृत थिङ तामाङलाई सम्मान गरिएको तामाङ घेदुङ चितवनका सचिव सन्देश घलानले जानकारी दिए ।

यस्तै, घेदुङका पूर्वअध्यक्षहरु मोहन स्याङ्बो, गोपीराज घलान, श्रीप्रसाद तामाङ, कर्मा लामा, शेरमान तामाङलाई पनि संस्थामा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको उनले बताए । यस्तै, नेपाल तामाङ घेदुङको महिला घेदुङ, युवा घेदुङको जिल्ला समिति, घेदुङकै महानगर समिति र राप्ती नगर समितिलाई पनि सम्मान गरिएको उनले बताए । दुई नगर समितिलाई उत्कृष्ट समितिको रुपमा सम्मान गरिएको उनले बताए । सम्मानित सबैलाई बागमती प्रदेशका पूर्वमन्त्री दावादोर्जे लामाले सम्मानपत्र र खादामार्फत सम्मान गरेका हुन् ।

प्रदेशका पूर्वमन्त्री लामाले कुनै समय राज्यबाट पछाडि पारिए पनि अबको दिनमा तामाङ समुदाय पनि सक्रिय हुँदै आएकोले आफ्नो अधिकार आफैँले खोज्न सक्नुपर्ने बताए । ‘त्यसकारण हामी पनि समयअनुसार चल्नुपर्छ । कसैको विरोध गर्नुभन्दा पनि आफू सक्षम भएर अगाडि बढ्नुपर्छ’, उनले भने ।

घेदुङका जिल्ला अध्यक्ष बाबुलाल थिङले यसपटक नारायणी नदीकिनारमा ल्होछार मनाउने तयारी गरिए पनि केन्द्रीय समितिको निर्देशनअनुसार गाउँकेन्द्रित ल्होछार मनाएको बताए । ‘केन्द्रीय समितिले यसपटकको ल्होछार सबै गुम्बा र गुठीहरुमा मनाउनू भन्ने निर्देशन जारी भएको हुँदा हामीले त्यसैलाई अनुसरण गरेर ल्होछार मनाएका हौँ’, उनले भने ।

images
प्रकाशित मिति :माघ १९, २०८० शुक्रवार - ०९:०७:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology