Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

म्याग्दे गाँउपालिकाद्धारा निशल्क मिर्गोला परिक्षण स्वास्थ्य शिविर शुरु

म्याग्दे गाँउपालिकाद्धारा निशल्क मिर्गोला परिक्षण स्वास्थ्य शिविर शुरु

इच्छाकामना न्युज

१७, माघ २०८०
म्याग्दे गाँउपालिकाद्धारा निशल्क मिर्गोला परिक्षण स्वास्थ्य शिविर शुरु
images

तनहुँ । स्वास्थ्य मिगौला,समृद्ध म्याग्दे गाँउपालिका भन्ने मुल नाराका साथ म्याग्दे गाँउपालिकाले निशुल्क मिगौला परिक्षण स्वाथ्य शिविर शुरु गरेको छ । मिर्गोला वचाउ अभियान राष्ट्रिय कार्यक्रम नेपाल र राष्ट्रिय मिर्गोला केन्द्र काठमाण्डौको प्राविधिक सहयोग तथा सुर्य नेपाल प्रा.लि.को आर्थिक सहयोगमा शुरु गरिएको स्वास्थ्य शिविर कार्यक्रम पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले एक कार्यक्रमका वीचमा शुभारम्भ गरे । 

images
images

कार्यक्रमको शुभारम्भ गर्दे गाँउपालिकाका अध्यक्ष श्रेष्ठले पालिका भित्रका जनतालाई स्वास्थ्य वनाउनका लागी कसरी अभिभावकीय वन्न सकिन्छ भन्ने सोचका साथ पालिकाले निशुल्क रुपमा मिर्गोला परिक्षणको कार्यक्रम ल्याईएको वताए । समान्य खानपीन र स्वास्थ्यमा ध्यान नदिदाँ मिर्गोला रोगले ग्रसित वनिरहदाँ, दैनिक रुपमा मिर्गोला पिडितहरु दैनिक जसो सहयोगका लागी पालिका धाईरहदाँ जनताको दुखमा साथ दिने अभियानमा पालिका जोडिएको हो । पालिकाभित्रका सातै वडा वडामा निशुल्क मिर्गोला परिक्षणकको कार्यक्रम रहेको हुदाँ सवैलाई मिर्गोला परिक्षणमा जोडिन पनि आग्रह गरे । 

यसैगरि पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरले हेर्दा आम जनतालाई समान्य लागेता पनि यो जनताप्रतिको जवाफदेहिता रहेको वताए । रोग लागिसकेपछि उपचार गर्न पर्ने वाध्यता अगावै सचेत हुनका लागी यो शिविरले महत्वपुर्ण भुमिका खेल्नेछ । आधारभुत स्वास्थ्य आम जनताको पहिलो प्राथमिकता रहेको हुदाँ रोग लाग्नु पुर्व नै ध्यान दिनुपर्ने घिमिरे वताए । 
कार्यक्रममा सुर्य नेपालका मानव संशाधन विभागका प्रमुख अन्जन दवाडीले कम्पनिको समाजिक उत्तरदायित्व अन्तरगत रहेर सकेको सहयोग गरेको वताए । स्थानिय जनताको आम स्वास्थ्य सेवा जोडिएको विषयमा सहयोग गर्ने कम्पनिको लक्ष्य रहेको हुदाँ भोलिका दिनमा पनि जनचासोको विषयमा सकेको सहयोग गर्ने वताए । 

यसैगरि पालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले पालिका आम जनताको स्वास्थ्य सँग अत्यन्तै सम्वेदनशील भएको हुदाँ यसअघि पनि आम जनताको स्वास्थ्य सँग जोडिएर विभिन्न शिविर गरिसकेको र अव आउने फागुनको पहिलो हप्ता पाठेघरको क्यान्सर परिक्षणको शिविर समेत गरिने वताए । यसैगरि फागुणको १६ देखि चैत्तको ७ गतेसम्म एकीकृत घुम्ति शिविर पनि गरिने अधिकारीले वताए । 

माघ १६ गते देखि २३ गते सम्म संचालन हुने निशुल्क मिर्गोला परिक्षण स्वास्थ्य शिविरमा सहभागी रहेर स्वास्थ्य परिक्षण गराउन समेत पालिकाले अपिल समेत गरेको छ । 

images
प्रकाशित मिति :माघ १७, २०८० बुधवार - १०:०७:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology