Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गोरखामा विद्यालय परिसर भित्र प्रवेश गरी छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा एक जना पक्राउ

गोरखामा विद्यालय परिसर भित्र प्रवेश गरी छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा एक जना पक्राउ

गोरखामा विद्यालय परिसर भित्र प्रवेश गरी छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा एक जना पक्राउ
images

गोरखा । गोरखामा विद्यालय परिसर भित्र प्रवेश गरी छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा नगरपालिका वडा नं. १० विरेनचोकका २० वर्षीय मदन थापा मगर रहेका छन् ।

images
images

गत ४ गते बिहीबार रत्नराज्य माध्यामिक विद्यालयको परिसर भित्र कक्षा सञ्चालन भई रहेको अवस्थामा अनाधिकृत रुपमा प्रवेश गरी कक्षा १२ मा अध्ययनरत छात्रा बर्ष १७ की संजिता ढकाललाई गाली गलौज तथा हातपात गरी अभद्र व्यवहार गरेको उनी माथी आरोप छ ।

आरोपी मगरलाई आइतबार पक्राउ गरिएको गोरखाका प्रहरी नायव उपरिक्षक एवम सूचना अधिकारी रमेश कुमार श्रेष्ठले बताए । उनी विरुद्ध सोमबार अभद्र व्यवहार शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय गोरखाबाट हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप अनुमती लिएको उनले बताए । घटनाबारे थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :माघ ८, २०८० सोमवार - २१:१५:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology